१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

ताप्लेजुङका थप २० जनाको पीसीआर रिपोर्ट नेगेटिभ

ताप्लेजुङबाट पठाइएको २० जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । क्वारेन्टिन सुरक्षामा खटिएका ४ सुरक्षाकर्मीसहित २० जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए । उनका अनुसार अहिले सम्म ताप्लेजुङमा २ सय ९५ जनाको पीसीआर अर्थात् स्वाब परीक्षण गरिएको छ । ८ सय ९ जनाको आरडीटी परीक्षण गरि सकिएको प्रजिअ निरौलाले बताए ।  

पीसीआर परीक्षण गरिएका मध्ये ७ जनाको रिपोर्ट पोजेटिभ आएकोमा ४ जना निको भएर घर फर्किसकेका छन् । ३ जना भने चिकित्सकीय निगरानीमा फुङ्लिङस्थित ताप्लेजुङ उद्योग बाणिज्य संघको क्वारेन्टिन केन्द्रमा रहेका छन् । यहाँ पीसीआर परीक्षण गरिएका मध्ये औसतमा २.३७ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । 

कोरोना अहिले सम्मको अवस्था नियाल्दा संक्रमण देखिएको कम्तिमा ७ देखि बढीमा १० दिनको अवधिमा कोरोना संक्रमितले संक्रमणलाई जितेको पाईएको छ । संक्रमित ३ जनाको पनि केहि दिनमै स्वाब संकलन गरी परीक्षणका लागि पठाउने तयारी गरिएको छ ।  

आरडीटी परीक्षणका क्रममा २ जनाको रिपोर्ट आरडीटी पोजेटिभ आएपनि पछि पीसीआर परीक्षण रिपोर्ट भने नेगेटिभ आएको थियो । यहाँका संक्रमित सबै बैदेशिक रोजगारीमा खाडी राष्ट्र पुगेर फर्किएका नागरिक रहेका छन् ।

प्रकाशित: १० श्रावण २०७७ ०९:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App