१९ आश्विन २०८१ शनिबार
image/svg+xml

लुम्बिनी प्रदेश : अल्पमतमा मुख्यमन्त्री पोखरेल

सर्वोच्चले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताएपछि लुम्बिनी प्रदेश सरकार पनि अल्पमतमा परेको छ । एमाले र माओवादी ब्युँतिएपछि प्रदेशको सत्ता समिकरण झिनो मतले संकटमा परेको हो ।

देउवा र प्रचण्डबीच नयाँ सरकार समिकरणका विषयमा छलफल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ। देउवा निवास बूढानीलकण्ठमा नेताद्वय देउवा र प्रचण्डबीच भेटवार्ता भएको हो।

राजनीतिक समीकरणः गण्डकी प्रदेश सरकारलाई कत्तिको अप्ठेरो ?

तत्कालिन एमाले र माओवादी केन्द्रबीचको एकीकरणलाई सर्वाेच्च अदालतले रद्द गरेपछिको राजनीतिक प्रभाव प्रदेश सरकारसम्म पनि पर्ने देखिएको छ । तर, गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ भने जोखिम बाहिर देखिएका छन् ।

नाचगानसहित एमाले पार्टी कार्यालय खुल्यो

तीन महिनादेखि बन्द रहेको नेकपाको पार्टी कार्यालय पुनः नेकपा एमालेको बोर्ड राखेर खुलाइएको छ। तत्कालिन अवस्थामा नेकपा एमालेकै रहेको पार्टी कार्यालय माओवादी केन्द्रसँगको पार्टी एकतापछि नेकपाको रहेको थियो। तर सरकारले संसद विघटनको सिफरिस गरेपछि दुई धारमा विभाजन भएको नेकपा दुबैले पार्टी कार्यालयको प्रयोग गर्न पाएका थिएनन्।

नगरपालिकाका कर्मचारीमाथि कुटपिट, कारबाही गर्न कर्मचारीको माग

सूर्यविनायक नगरपालिका–२ साविक बालकोट गाउँ विकास समिति–१ मा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएको टहरा हटाउन गएका नगरपालिकाका कर्मचारीमाथि हातपात एवं कुटपिट गर्ने व्यक्तिलाई नगरपालिकाले कारवाहीको माग गरेको छ।

ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही

खोटाङको महुरे–राजापानी (सिमपानी) सडक कालोपत्रेको काममा ढिलासुस्ती गर्ने ठेकेदार कारबाहीमा परेका छन्। गाईघाट–दिक्तेल सडकको महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक खण्डको महुरे–राजापानी (सिमपानी) खण्ड कालोपत्रेको काममा ढिलासुस्ती गर्ने भारत कन्सट्रक्सन/सिद्धि शाही जेभीबाट बैंक ग्यारेन्टी जफत गरेर कारबाही गरिएको हो।

पत्रकार महासंघ आफ्नै भवनमा

नेपाल पत्रकार महासंघ पाँचथर शाखाको तीनतले भवन उद्घाटन गरीएको छ। सदरमुकाम फिदिमको मिडिया मोडमा निर्मित भवनको १ नम्बर प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’ले उद्घाटन गरे।

विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन्। यही फागुन १७–१९ गतेसम्म स्कूल अफ ल अन्तर्गत सञ्चालित स्नातक तहको शैक्षिक सत्र २०७७/०७८ को नयाँ भर्नाका लागि लिइएको लिखित तथा मौखिक परीक्षाको नतिजा प्रकाशनका सम्बन्धमा उपकुलपति र रजिष्ट्रारबाट मानमर्दन हुनेगरी प्रश्नचिह्न खडा गरिएको भन्दै निर्देशक अर्जुनबहादुर अयडी, उपप्राध्यापकत्रय सुजन पन्त, महेशकुमार शाही र सुजाता मानन्धरले पदबाट आइतबार राजीनामा दिएका हुन्।

हिउँले कोरोना खोप कार्यक्रम प्रभावित

कर्णाली प्रदेशमा अत्यधिक वर्षासँगै परेको हिउँले कोरोनाविरुद्धको खोप कार्यक्रम प्रभावित बनेको छ। उच्च हिमाली क्षेत्रमा हिउँ पर्ने क्रम जारी छ। तल्लो क्षेत्रमा पनि लगातार वर्षा भइरहेकाले खोप लगाउन सकिएको छैन। कर्णालीका जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालिकोट जिल्लाका गाउँमा खोप पुर्‍याउनै समस्या भइरहेको छ। गाउँगाउँसम्म मोटरबाटो नजोडिएको र बोकाएर लानुपर्ने भएकाले समयमै खोप लगाउन नसकिएको हो। कर्णाली करिडोर क्षेत्रमा भने खोप लगाउने कार्यक्रम चलिरहेको छ।

पत्रकारिता सुरक्षाको चिन्ता

डिजिटल प्लेटफर्मले समाचारका प्रकाशकलाई भुक्तानी गर्ने व्यवस्था गरेर अस्ट्रेलियाले प्रविधिगत नियमन र स्वतन्त्र सञ्चारमाध्यमको भविष्यका विषयमा अन्तर्राष्ट्रिय बहस सुरु गरेको छ। अस्ट्रेलियाली मोडेलका तीनवटा सीमा रहेका छन् जसलाई सम्बोधन गर्न समाधानका उपाय अवलम्बन गर्न आवश्यक छ।

बलात्कार गरेको आरोपमा एक पक्राउ

पीडितले जिल्ला प्रशासन कार्यालयमा समेत २०७७ कात्तिक ३ गते उजूरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालयले कात्तिक ४ गते उजूरी दर्ता गरे पनि पक्राउ नपरेका आरोपितलाई गाउँघरमै लुकेर बसेको अवस्थामा आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए।

३२ करोड लगानीमा आधुनिक तरकारी बजार

भक्तपुरको सूर्यविनायकमा ३२ करोड लगानीमा नेपालकै सबैभन्दा ठूलो र आधुनिक कृषि बजार (तरकारी बजार) सञ्चालनमा आउन लागेको छ। सूर्यविनायक हरित कृषि थोक बजार नामक कृषि बजार फागुन महिनाभित्रै सञ्चालनमा ल्याउने पवर्धकको योजना छ।

सवारीको ठक्करबाट चितुवाको मृत्यु

डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार आठ महिनाको जस्तो देखिने पोथी बच्चालाई सवारी साधनले ठक्कर दिँदा मृत्यु भएको हो।

सहकारी डिजिटल सेवामा जोडिँदै

जिल्ला बचत तथा ऋण सहकारी संघको समन्वयमा शनिबार कैलालीमा आयोजना गरिएको सहकारीमा डिजिटल प्रविधि विषयक अभिमुखीकरण कार्यक्रमका सहभागी सहकारहिरू डिजिटल सेवामा जोडिन इच्छुक भएका छन्। सहकारी संस्थाले निजी कम्पनीमार्फत सेवा लिइरहेको अवस्थामा सहकारीलाई अत्याधुनिक प्रविधि सेवा उपलब्ध गराउन सुरु गरेको हब कोअपरेटिभ सर्भिसका अध्यक्ष दक्ष पौडेलले बताए।

एनसेल र धुलिखेल अस्पतालको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले एक औपचारिक कार्यक्रममा फागुन १३ गते धुलिखेल अस्पताल अन्तर्गत सञ्चालनमा रहेका चारवटा स्वास्थ्य केन्द्रलाई टेलिमेडिसिन उपकरण हस्तान्तरण गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्