७ वैशाख २०८१ शुक्रबार
समाज

पत्रकार महासंघ आफ्नै भवनमा

नेपाल पत्रकार महासंघ पाँचथर शाखाको भवन उद्घाटन पछि । तस्बिर : गिरिराज/नागरिक

नेपाल पत्रकार महासंघ पाँचथर शाखाको तीनतले भवन उद्घाटन गरीएको छ। सदरमुकाम फिदिमको मिडिया मोडमा निर्मित भवनको १ नम्बर प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’ले उद्घाटन गरे।

१ नम्बर प्रदेश सरकारले शाखाको भवन निर्माणका लागि बजेट विनियोजित गरेको थियो। पाँचथर निर्वाचन क्षेत्र २ बाट निर्वाचित प्रदेश सासद तथा तत्कालीक आर्थिक मामिला तथा योजना मन्त्री आङ्बोले पेश गरेको १ नम्बर प्रदेशको पहिलो बजेटमा शाखाको भवन निर्माणका लागि बजेट विनियोजन गरीएको थियो। प्रदेश सरकारको सहरी विकास तथा भवन कार्यालय मार्फत ६८ लाख ३८ हजार रुपैँयामा ठेक्का लागेको थियो। कार्यालय, सभाकक्ष, सूचना केन्द्र, अतिथि गृहसहितको तीन तले सुविधासम्पन्न भनव उद्घाटन भएको हो। उद्घाटन समारोहमा बोल्दै आङ्बोले लामो समयदेखि महासंघ शाखाको आफ्नै भवन बनाउने सपना पूरा भएकोमा खुसी व्यक्त गरे। ‘पत्रकारले निरन्तर आलोचनात्मक टिप्पणी आवश्यक छ’ उनले भने ‘सस्थाको भौतिक विकाससँगै व्यवसायीक विकासमा जोड दिनु पर्छ।’

भवन निर्माण भएसँगै पत्रकार महासंघ पाँचथरको महत्वपूर्ण लक्ष पूरा भएको शाखा अध्यक्ष लवदेव ढुंगानाले बताए। भवनसँगै अन्य संरचना निर्माण गर्नका लागि नयाँ सहर आयोजना फिदिम, फिदिम नगरपालिका, खानेपानी तथा सरसरफाई डिभिजन कार्यलय, पूर्वाधार कार्यालय, सूचना तथा संचार मन्त्रालय लगायतका सरकारी निकायले सहयोग गरेका थिए।

भवन उद्घाटनै अवसरमा स्वतन्त्रता सेनानी सम्मान तथा पुरस्कार हस्तान्तरण गरीएको छ। ३३ हजार ३ सय ३३ हजार रुपैयाँ रासिसहितको ‘स्वतन्त्रता सेनानी सम्मान–२०७६’ बाट पत्रकार महासंका पूर्व सभापति हरिहर विरही सम्मानीत भए। पूर्व मन्त्री आङ्बोसहित महासंघका पूर्व सभापति विष्णु निष्ठुरी, शाखा अध्यक्ष लवदेव ढुंगाना, महासंघका केन्द्रीय सदस्य उद्धव तिम्सिनासहितले उक्त सम्मान अर्पण गरे। यस्तै शाखाले सोहि सम्मान २०७७ महासंघका पूर्व अध्यक्ष डा. महेन्द्र विष्टलाई प्रदान गरेको छ। उक्त समारोहमा प्राविधिक कारणले विष्ट उपस्थीत हुन सकेनन्। शाखाले यो सम्मान २०७२ सालदेखि प्रदान गर्दै आएको छ। यो सम्मान यस अघि क्रमशः पूर्व अध्यक्ष निष्ठुरी, शिव गाउँले, किसोर नेपाल र तारानाथ दाहाललाई प्रदान गरीसकेको छ। कार्यक्रममा बोल्ने वक्ताहरुले लोकतन्त्रको रक्षार्थ पत्रकारको भूमिका महत्पूर्ण रहेको बताएका थिए।  

सोहि अवसरमा शाखाका संस्थापकहरु, पूर्व सभापति तथा अध्यक्षहरु लाई सम्मानीत गरीएको थियो। पत्रकारिताको विषयलाई समेटेर तयार पारिएको स्मारीकमा ‘कलमजीवि’ समेत विमोचन गरिएको थियो।

प्रकाशित: २५ फाल्गुन २०७७ ०२:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App