९ मंसिर २०८१ आइतबार
image/svg+xml

मनाङमा बारीभरि तरकारी, खाने मान्छे छैनन्

विश्वकै प्रख्यात अन्नपूर्ण फेरोको पदमार्गमा पर्छ हिमालपारिको जिल्ला मनाङको मनाङ गाउँ। फेरोको पदयात्रामा पुगेका हजारौं विदेशी र स्वदेशीलाई पर्यटकलाई आतिथ्यता दिलाएर त्यहाँका व्यवसायीले वर्षाैदेखि गुजारा चलाउँदै आएका थिए।

भारतीय दुध, माछा र हरियो तरकारी आयातमा रोक

रुपैडिहा नाकाबाट निर्वाध रुपमा भित्रिरहेको दुध, माछा र हरियो तरकारी आयातमा रोक लगाइएको छ । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन समितिको सोमबार बसेको बैठकले भारतीय दुध, माछा र हरियो तरकारी आयातमा रोक लगाउने निर्णय गरेको हो ।

७३ हजार बढी नमुना परिक्षणमा ४९ खान अयोग्य

आयातित तरकारीमा विषादीको मात्रा बढिरहेको चर्चा चलेका बेला सरकारको तथ्यांकले यसको प्रयोग नियन्त्रित रहेको देखाएको छ। विभिन्न सात स्थानमा केन्द्रीय कृषि प्रयोगशाला मातहत सञ्चालित विषादी अवशेष दु्रत विश्लेषण एकाइ (आरबिपिआर) को परीक्षण रिपोर्टले गत वर्ष कुल जाँचको ०.०६७ प्रतिशत मात्र खान अयोग्य नमुना भेटेको देखाएको छ।

तरकारीको भाउ छोई नसक्नु

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) कहरले ह्वात्तै बढेको हरियो तरकारीको भाउ बढ्ने क्रम लकडाउन खुल्दा पनि थयावत छ ।

बढेको बढ्यै तरकारीको भाउ

कलंकी बस्ने कैलालीका धनबहादुर शाह मंगलबार नजिकैको तरकारी पसलमा गोलभेंडा किन्न गए। ‘एक हप्ताअघि ३५ रुपैयाँ किलोमा पाएको गोलभेंडाको भाउ सय रुपैयाँ पुगेछ,’ उनले भने, ‘अरु तरकारी त अगाडिदेखि नै छोइनसक्नु थियो। सस्तो भनेको गोलेभेंडाको मूल्य पनि नसोचेको माथि पुगेछ।’

छोइनसक्नु तरकारी

अत्यधिक वर्षाको कारण उपत्यकामा तरकारी कम भित्रिएको छ। तरकारीको आयात घटेसँगै बजारमा मूल्य अकासिएको छ। मुलुककै ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी विकास समितिको तथ्यांक अनुसार गएको तीन हप्तामा अधिकांश तरकारीको मूल्य सयदेखि दुई सय ५० प्रतिशतसम्म बढेको छ।

तरकारीमा लगानी उठाउनै मुस्किल

तरकारी खेतीबाट वर्षमै लाखौं रुपैयाँ कमाइरहेका किसानलाई यो वर्ष लकडाउनले नराम्रोसँग घाटा खुवाएको छ। बारीमा लटरम्म तरकारी बेच्न मुस्किल भएको छ भने तरकारी उत्पादक किसान र व्यापारी उपभोक्तासम्म पुग्न नसक्दा तरकारीको मूल्यमा बिचौलियाले ‘अवसर’ पाएका छन्।

उपत्यकाको माग धान्दै आसपास

उपत्यका आसपासमा जिल्लामा तरकारीको उत्पादन बढेसँगै बर्खे मौसममा राजधानीको माग स्थानीय उत्पादनले पूरा गर्न थालेको छ। सामान्य अवस्थामा दैनिक १२ सय टन तरकारी आवश्यक पर्ने उपत्यकामा मागको ८० प्रतिशतभन्दा बढी उपत्यका आसपासका पहाडी जिल्लाबाट आउने गरेको कालीमाटी फलफूल तथा बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले बताए।

विहानै डोकोमा तरकारी

जुम्लाका पातारासी ७ रिनी गाउँकी हरिकला बुढा एकाविहानै हरियो तरकारी डोकोमा बोकेर सदरमुकाम खलंगा आइपुग्छिन् । उनी घरबाट बजार आइसकेपछि मात्र उज्यालो हुन्छ ।

अरुबेला भारतसम्मै पुग्ने तरकारी अहिले बजारमै बेच्न पाएनन्

अर्जुन थपलियाको परिवार जन्मभूमिको उर्वर माटोमै तरकारी खेती गरेको दशकौं भैसक्यो । तरकारी खेतीको प्राविधिक सीप जानेका थपलिया परिवारको तरकारी खेतीबाट तरक्की देखेर गाउँलेले जीवन धान्ने मुख्य पेसा तरकारी खेतीलाई नै बनाए ।

‘दिनभर प्रहरीले लखेटिरहन्छ’

मोटरसाइकलमा हुँईकिदै प्रहरी सिट्टी फुक्दै आउँछ । बजारमा रहेका अन्य पसलहरूको भीडभाडलाई मतलवै गर्दैन । मानौं, त्यहाँ कोरोना संक्रमणको जोखिमै छैन । तर सडक पेटीमा ‘डोकामा तरकारी’ थापेर साँझ विहानको जोहो गर्न थालेका तरकारी व्यवसायी महिलाहरूलाई थर्काउँछ ।

तरकारी छ, भाउ छैन

खोटाङको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका अगुवा किसान इन्द्र नारथुंगेका बगानमा बन्दा र काउली रहरलाग्दो उत्पादन भएको छ । तर, लकडाउनका कारण बन्दा र काउलीलाई बजारसम्म पुर्‍याउन सक्ने अवस्था छैन । बजार बन्द हुँदा र मूल्य नपाउँदा उनले आफुले उत्पादन गरेका बन्दा र काउली छिमेकीलाई निःशुल्क बाँडिरहेका छन् ।

तरकारी नबिकेपछि मर्कामा किसान

अढाइ महिनादेखिको लकडाउनका कारण जिल्लामा उत्पादित तरकारीको मूल्य ह्वात्तै घटेको छ । तरकारी उत्पादक किसान र व्यापारी उपभोक्तासम्म पुग्न नसक्दा तरकारीको मूल्यमा बिचौलियाले ‘अवसर’ पाएका छन् ।

बाहिरी जिल्लाको तरकारी आयातमा रोक

स्थानीय उत्पादनलाई प्राथमिकता दिने भन्दै बागलुङमा बाहिरी जिल्ला र विदेशबाट आयात गरिने तरकारी तथा फलफूलमा रोक लगाइएको छ।

फाँटभरी तरकारी छ तर मूल्य छैन

काठमाडौं उपत्यकालाई हरियो तरकारीको भरथेग गर्ने पाँचखाल उपत्यकाका फाँटहरुमा यतिखेर किसानहरु देखिँदैनन्। सिजनभरि मेहनत गरी फलाएको कृषि उपजले भाउ र बजार दुबै नपाएपछि किसानले खेतमा टेक्नै छाडेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्