९ मंसिर २०८१ आइतबार
image/svg+xml

भारतीय तरकारीमा रोकले स्थानीयको माग उच्च

सल्यानको शिद्धकुमाख गाउँपालिकाका दिनेश रावलको सुर्खेत पश्चिमको पञ्चपुरी नगरपालिका–९ तल्लो विजुमा कृषि फार्म छ।

असिनाले स्याउ खेतीमा क्षति

जुम्लाको पातारासी गाउँपालिकाको लुम, छुमचौर र तल्फी गाउँमा शनिबार परेको असिनाले स्याउमा क्षति पुर्‍याएको छ।

तरकारीको मूल्य आकासियो, टमाटरमा १५० प्रतिशत मूल्य वृद्धि

सबैभन्दा बढी टमाटरको मूल्य आकासिएको छ। बन्दाबन्दी (लकडाउन) अर्थात् चैत ११ गतेभन्दा अगाडि ४५ रूपैयाँ केजी पर्ने टमाटरको मूल्य वृद्धि भएर एक सय ३० देखि एक सय ५० रूपैयाँसम्म पुगेको छ।

बिक्री भएन किसानको तरकारी

धादिङको दक्षिणी क्षेत्र तरकारी क्षेत्रका रुपमा प्रख्यात छ। यहाँ उत्पादन भएको तरकारीले राजधानी काठमाडौँको कालीमाटी, चितवन, पोखरा, नेपालगन्ज लगायतका बजार थेग्ने गर्दछ।

कटहरीको तरकारी बजार सञ्चालनमा, किसान र उपभोक्तालाई राहत

किसान र उपभोक्तालाई लकडाउनको समयमा राहत दिने उद्देश्यले प्रदेश १ को सरकारले मोरङको कटहरीस्थित तरकारी बजार सञ्चालनमा ल्याएको छ । बजारको सोमबार प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री रामबहादुर राना (मगर)ले सुभारम्भ गरे ।

भिड व्यवस्थापन गर्न नसक्दा तरकारी बजार बन्द

कोरोनाको संक्रमण रोकथामका लागि नेपाल सरकारले देश लकडाउन गरेपछि पनि चार सातासम्म लाग्दै आएको ओखलढुंगाको तरकारी बजार बन्द गरिएको छ । बजारमा तरकारी किनमेलका लागि आउने व्यक्तिहरुको भिडलाई व्यवस्थापन गर्न नसक्दा हटियाँ बन्द गर्ने निर्णय गरिएको हो ।

बारीमै सड्यो लाखौंको तरकारी

लहरै रोपिएका टमाटरका बोट पाकेर राताम्मे छन्। धेरैजसो टमाटरका दाना बोटमा अड्न नसकेर भुँईमा खसेका छन्। टीकापुर नगरपालिका–८ वनगाउँका किसान धर्मबहादुर चौधरीलाई भुँईमा खसेको टमाटरको दाना टिप्ने जाँगर छैन।

तरकारीसँगै यात्रु ओसार्छन् व्यवसायी

भारतबाट तरकारी ढुवानी गर्ने गाडीहरुले यात्रु ओसार्न थालेका छन् । भारतमा अलपत्र परेका नागरिकलाई महँगो भाडा असुलेर तरकारी ढुवानी गर्ने गाडीले दाङ ल्याएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।

धरानको कृषि बजार एक साता बन्द गरिने

लकडाउनमा पनि उपमहानगरपालिका र वडा कार्यालयसँग समन्वय गरेर हरियो तरकारी उपभोक्तालाई उपलब्ध गराउँदै आएको धरानको कृषि उपज बजारस्थल बन्द गरिने भएको छ।

चर्को भाडा असुल्दै तरकारीसंगै यात्रु ओसार्छन् व्यवसायीहरू

भारतबाट तरकारी ढुवानी गर्ने गाडीहरूले नागरिकहरू ओसार्न थालेका छन्। भारतमा अलपत्र परेका नागरिकहरूलाई महंगो भाडा असुलेर तरकारी ढुवानी गर्ने गाडीहरूले दाङ भित्र्याउने गरेको स्थानीय प्रशासनले जानकारी दिएको छ। तरकारीसंगै भारतमा रहेका नेपालीहरूलाई समेत जिल्ला भित्र्याएको पाईएपछि जिल्लामा कोरोना संक्रमणको त्रास झनै बढेको छ। तरकारी ढुवानी गर्ने गाडीहरूले व्यक्तिहरू समेत ओसार्न थालेपछि तुलसीपुरमा दुईवटा पसल बन्द गरिएको छ, भने व्यक्ति ओसार्ने गरेको एउटा गाडी समेत नियन्त्रणमा लिईएको छ। यसैगरि दुईजना पसल सञ्चालक र गाडीका चालक तथा सहचालक गरि दुईजनालाई आइसोलेसनमा राखिएको छ।

तरकारी बजार व्यवस्थित नहुँदा संक्रमणको जोखिम

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालित अस्थायी तरकारी बजार व्यवस्थित बनाउन नसक्दा कोरोना संक्रमणको जोखिम बढाएको छ।

कोरोना कहर : किसान बेच्छन्, स्थानीय सरकार किन्छन्

कोरोना भाइरस (कोभिड–१९)का कारण हाल बिश्व नै आक्रान्त छ। कोरोना भाइरसको संक्रमण फैलिने त्रासका कारण हाल शहर, बजारदेखि व्यापारिक केन्द्र ठप्प छ। कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको ‘लकडाउन’का कारण गाउँ–गाउँका हाटबजार पनि बन्द छ। गाउँघरमा लाग्ने साप्ताहिक हाटबजार बन्द हुँदा अधिकांश किसानले दश नंग्रा खियाएर उत्पादन गरेको तरकारीले बजार पाउन छाडेको छ। बजार बन्द हुँदा आम किसानले उत्पादत गरेका तरकारी बारीमै कुहिएर र सकिएर खेर जाने अवस्थामा पुगेको छ।

किसान भन्छन्: बेच्न लान त पाईन्छ, किन्दिने मान्छे भएनन्

तरकारी बारीमै भेटिएका फिदिम– २ साम्दीका किसान चुडामणि काफ्लेले बन्दाकोभी नबिकेको चिन्ता सुनाए। घरको आगनै नजिक रहेको बारीमा फस्टाएको बन्दाकोभी देखाउदै काफ्ले भने ‘होटल बन्द भएपछि त बन्दाकोभी कहाँ बिक्तो रहेछ। गाई, भौसिलाई पनी कति खुवाउनु। हेर्नुन बोटमै छ बन्दा कोभी।’

मनले संसार हेर्ने रामसिंहः जो लकडाउनमा पनि घरघरमा तरकारी पुर्‍याउँछन्

बिगत एक दशकदेखि ठेलामा तरकारी राखेर बेच्दै जीवन निर्वाह गरिरहेका रोल्पा नगरपालिका ३ खुमेलका ४६ वर्षिय रामसिंह बिक( दृष्टीबिहिन)लाई लकडाउनले दिक्क बनायो। तर उनि राहत लिनेको लाइनमा गएनन्। उनको स्वाभिमानले राहतको लाइनमा बस्न दिएन। मेहनत गरेर जीवन चलाउन जानेका बिक प्रमुख जिल्ला अधिकारीकोमा गए। छिमेकीको सहारामा जिल्ला प्रशासन पुगेका बिकलाई त्यहाँ खटिएका प्रहरीले सिडिओसंग भेटाईदिए।

एघार स्थानमा तरकारी बजार सञ्चालन

कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि काठमाडौँ महानगरपालिकाले तरकारीको बिक्री वितरण गर्न विभिन्न ११  स्थान निर्धारण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्