१४ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

असिनाले स्याउ खेतीमा क्षति

खलङ्गा - जुम्लाको पातारासी गाउँपालिकाको लुम, छुमचौर र तल्फी गाउँमा शनिबार परेको असिनाले स्याउमा क्षति पुर्‍याएको छ। स्याउमा सानासाना दाना लागेको समयमा असिना परेकाले सो गाउँको स्याउ उत्पादनमा कमी आउने किसान कृष्ण बोहोराले बताए। विगत वर्षमा स्याउको एउटै बगैँचाबाट पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी हुन्थ्यो, यो वर्ष स्याउ लाग्ने समयमा असिना पानीले किसानलाई घाटा पुर्याएको छ, उनले भने। स्याउ बीमा गरेका किसानलाई सहज भए पनि अन्य किसानलाई समस्या भएको उनको भनाइ थियो। 

स्याउ मात्र होइन असिनाले तरकारी बालीसमेत नष्ट गरेको छ। तरकारीको पकेट क्षेत्र मानिने पातारासी गाउँपालिकाको वडा नं १ र ४ मा किसानले लगाएको आलु, काँक्रो, फर्सी, प्याज, गोलभेँडा, काउली, गाजर र खुर्सानीलगायतमा असिनाले क्षति पुर्याएको स्थानीयवासी जगत बुढाले बताए। असिना पानीले करिब एक करोड रुपैयाँ बराबरको तरकारी तथा स्याउमा क्षति पुर्‍याएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ। रासस

प्रकाशित: १५ वैशाख २०७७ ०७:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App