६ आश्विन २०८१ आइतबार
image/svg+xml

अमेरिकामा विदेशी विद्यार्थीलाई भिसा नदिने पूर्व आदेश फिर्ता

संयुक्तराज्य अमेरिकाले कोरोना भाइरसका कारण अनलाइन कक्षा लिइरहेका विदेशी विद्यार्थीको भिसा रद्द गर्ने विवादास्पद निर्णय फिर्ता लिएको छ ।

रुकुम पश्चिम घटना : वडाध्यक्षसहित २३ जनालाई थुनामा राख्न आदेश

रुकुम पश्चिमको चौरजहारीमा भएको सामूहिक हत्याकाण्डमा संलग्न रहेको अभियोग लागेका २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

साउन २० गेतसम्म कर नउठाउँन सर्वाेच्चको आदेश

सर्वाेच्च अदालतले सरकारलाई आगामी आर्थिक वर्ष ०७७/०७८ को साउन २० गतेसम्म कर नलिन आदेश दिएको छ । लकडाउनका कारण मुलुकका अधिकांस उद्योग, व्यापार, व्यवसाय वन्द भएको भएपछि कर तिर्ने अवधी सार्नू पर्ने भन्दै अधिवक्ता सिर्जना अधिकारीलयायतले अर्थ मन्त्रालयलाई विपक्षि बनाई दर्ता गरेको रिटमा सोमबार सर्वाेच्च अदालतले उक्त निर्णय गरेको हो ।

सर्वोच्चको आदेशपछि आयोगको रोहवरमा खत्री रिहा

प्रहरी नियन्त्रणमा रहेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका सुदिप भनिने चक्रबहादुर खत्री रिहा भएका छन् । सर्वोच्च अदालतको जेठ २३ गतेको आदेश अनुसार खत्री राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्यालको रोहवरमा आईतबार आयोग परिसर हरिहरभवनबाट रिहा भएका हुन् ।

मापदण्ड अनुसार क्वारेन्टाइन व्यवस्थापन गर्न अदालतको आदेश

भारत तथा तेस्रो मुलुकबाट जुम्ला भित्रिने नागरिकलाई क्वारेन्टाइनमा राख्न मापदण्ड हुबहु लागू गर्न उच्च अदालत सुर्खेत, जुम्ला इजलासले आदेश दिएको छ ।

अदालतको आदेश अवज्ञा गर्दै सरकार

कोही खान नपाएरै गाउँ जान लागेको भए खाद्यान्न पु¥याउने व्यवस्था गर्नू तर गाउँ जान नदिनू: प्रधानमन्त्री

अदालतकाे आदेश अवज्ञामा प्रहरी प्रमुखसहितलाई मुद्दा दर्ता

सर्वोच्च अदालतले थुनामुक्त गरेका बन्दीलाई प्रहरीले अदालतको गेटबाटै तत्कालै पटकपटक पक्राउ गरेपछि प्रहरी महानिरीक्षकसहित ४ प्रहरी अधिकारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ।

आदेश पालनामा अटेरी

अदालतको आदेश कुनै कार्यालयका कर्मचारीले नटेरेमा न्याय प्रशासन ऐन २०७३ को दफा ३४ (२) बमोजिम जरिवाना गर्न पाउने व्यवस्था छ। त्यसरी जरिवाना तिर्नुपरेमा कर्मचारीको बढुवामा समेत असर पर्छ।

उस्तै प्रकृतिको मुद्दामा दुईथरि आदेश

सर्वसाधारणलाई ठगी गरेको अभियोगमा पक्राउ परेका ‘मिटरब्याजी’ श्याम परदेशी पुर्पक्षका लागि थुनामा छन् भने उस्तै अभियोगमा पक्राउ परेका रामबाबुलाई धरौटीमा छाड्ने आदेश भयो।

प्रमुखकै जाडो बिदा कार्यान्वयन गर्न अन्तरिम आदेश

उच्च अदालत विराटनगरको इलामस्थित इजलाशले महेन्द्ररत्न बहुमुखी क्याम्पसका प्रमुखले जारी गरेको जाडो बिदाको सूचना नै कार्यान्वयन गर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीशहरू शिवनारायण यादव तथा विष्णुप्रसाद कोइरालाको संयुक्त इजलाशले क्याम्पस प्रमुख रामप्रसाद गुरागाईंले दिएको पुस १६ देखि माघ ८ गतेसम्मको बिदा नै सदर गर्न अन्तरिम आदेश दिएको हो।

आदेश कार्यान्वयन गर्न प्रधानन्याधीशको निर्देशन

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सरकारका नाममा दिइने आदेश अक्षरस कार्यान्वयन गर्न सरोकारवालालाई निर्देशन दिएका छन्।

पाँच वर्षमा ५ हजार ६ सय आदेश जारी

राष्ट्रिय सूचना आयोगका तीन आयुक्तको पाँच वर्षे कार्यकाल अवधिमा पाँच हजार ६ सय ३ वटा आदेश जारी भएका छन्।

सांकेतिक भाषा अनुवादक नियुक्त गर्न सर्वाेच्चको आदेश

सर्वोच्च अदालतले फरक शारीरिक क्षमता व्यक्तिसँग सम्बन्धित एउटा मुद्दामा सांकेतिक भाषा अनुवादक नियुक्त गरी मुद्दाको प्रक्रिया अघि बढाउन काभ्रेपलाञ्चोक जिल्ला अदालतलाई आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले जिल्ला अदालत काभ्रेपलाञ्चोकको नाममा उक्त आदेश दिएको हो।

अदालतको आदेशपछि पनि सडकको जग्गा व्यक्तिकै कब्जामा

देशकै राजधानी काठमाडौंमा ललितानिवासस्थित सरकारी जग्गा भूमाफियाले कब्जा गरेको सन्दर्भ चर्चामा रहेका बेला कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पनि यस्तै प्रकृतिको घटना देखिएको छ।

सुडानका पूर्व राष्ट्रपति बसिरलाई दुई वर्ष नजरबन्द राख्न अदालतको आदेश

सुडानको अदालतले आन्दोलनको आडमा सेनाद्वारा पदच्युत गराइएका पूर्व राष्ट्रपति ओमार हसन अहमद अल–बसिरलाई दुई बर्ष नजरबन्दमा राख्ने आदेश गरेको छ। उनलाई सामाजिक सेवा सुविधासहितको सुधारगृहमा नजरबन्दमा राख्न सजाय अदालतले सुनाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्