६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

साउन २० गेतसम्म कर नउठाउँन सर्वाेच्चको आदेश

सर्वाेच्च अदालतले सरकारलाई आगामी आर्थिक वर्ष ०७७/०७८ को साउन २० गतेसम्म कर नलिन आदेश दिएको छ । लकडाउनका कारण मुलुकका अधिकांस उद्योग, व्यापार, व्यवसाय वन्द भएको भएपछि कर तिर्ने अवधी सार्नू पर्ने भन्दै अधिवक्ता सिर्जना अधिकारीलयायतले अर्थ मन्त्रालयलाई विपक्षि बनाई दर्ता गरेको रिटमा सोमबार सर्वाेच्च अदालतले उक्त निर्णय गरेको हो ।  

गत जेठ २८ गते सर्वाेच्त अदालतका न्यायधिश अनिलकुमार सिन्हा र मनोजकुमार शर्माको इजलासले लकडाउन सकिएको ३० दिनपछि कर लिन सरकारलाई अन्तरिम आदेश जारी गरेको थियो ।  

तर, दैनिक खर्च जुटाउन पनि मुस्कील भएकाले लकडाउनका अवधीमा पनि कर उठाउँन पाउनु पर्ने भन्दै सरकारले सर्वाैच्चमा ‘भ्याकेट’ हालेको थियो । सरकारले दर्ता गरेको ‘भ्याकेट’ सोमबार अदालतले पूनः खारेज गरेपछि अब लकडाउन खुलेको ३० दिनपछि मात्र कर लिन सकिने भएको हो ।  

सरकारका प्रवक्ता एवमं अर्थ मन्त्री युवराज खतिवडाले हिजो प्रतिनिधीसभामा लकडाउनका कारण नियमीत खर्च धान्न मुस्कील भएको बताएका थिए । तर, अदालतले गरेको नयाँ निर्णयसँगै अब सरकारले साउन २० गतेसम्म कर लिन नपाउँने भएको हो ।  

सरकारले गत साता लकडाउनालाई खुकुलो बनाउदै आगामी ५१ दिनका लागि कार्य योजना सार्वजनिक गरेको थियो । तीन चरणमा लकडाउनलाई खुकुलो पार्दै लैजाने उक्त कार्य योजना अुनसार पहिलो चरणमा २१ दिनका लागी एउटा ‘मोडालिटी’, दोस्रो चरणमा १५ दिनको लागि अर्काै ‘मोडालिटी’ र तेस्रो चरणमा १५ दिनको लागि सार्वजनिक अर्काै ‘मोडालिटी’ अनुसार कर लिने मिती पर सरेको हो ।  

सरकारले सार्वजनिक गरेको लकडाउनको नयाँ ‘मोडालिटी’ अनुसार गणना गर्दा अब कर तिर्नै समय आगामी साउन २० गतेसम्म सरेको हो । सरकारले कोभिड–१९ को संक्रमण बढ्दै गएपछि गत चैत ११ गते मुलुक लकडाउनका घोषणा गरेको थियो ।  

लम्बेतान लकडाउनका कारण उद्योग कारखानामा ताला लागेको भन्दै नेपाल उद्योग वाणिज्य संघ, नाडा अटोमोबाइल एसोसिएसन, नेपाल उद्योग वाणिज्य महासंघल लगायतका छाता संगठनले कर तिर्ने अवधी थप हुनुपर्नै माग गर्दै आएका थिए । लकडाउन दोस्रो पटक थप भएपछि सरकारले चैत महिनामा तिर्नूपर्नै कर वैशाख मसान्तसम्म सारेको थियो तर, पटक–पटक लकडाउनको अवधी थपिदै गएपछि समस्याले विकराल रुप लिएको हो ।  

त्यसैगरी, कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि सरकारले दोस्रो पटक सूचना जारी गरी कर तिर्नै अवधी जेठ २५ गतेसम्म सारेको थियो । तर, उक्त निर्णय व्यवसायिको हितमा नभएको भन्दै सर्वत्र विरोध भएपछि सरकारले तेस्रो पटक सूचना जारी गरी असार ७ गतेसम्म म्याद सारेको थियो ।  

तेस्रो पटक गरेको निर्णणपनि व्यवसायीको हितमा नभएको भन्दै रिट परेपछि सर्वाैच्च अदालतले लकडाउन सकिएको ३० दिनपछि मात्र कर लिन सरकारलाई आदेश दिएको हो ।

प्रकाशित: १ असार २०७७ १४:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App