४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्यु

कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङ र सिरहा १—१ र बारामा २ जनाको मृत्यु भएको हो। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश नम्बर १ मा ९ जना, प्रदेश नम्बर २ मा ४२ जना र बागमती प्रदेशमा १८ जनाको कोरोनाबाट मृत्यु भएको छ।

घर फर्केकाहरुमा पुनः संक्रमण

कोरोना संक्रमित भई १४ दिन क्वारेन्टिनमा बसेर घर फर्केकाहरुमा पुनः संक्रमण देखिएको छ। बैतडीको सुर्नया गाउँपालिका–७ का दुई जनामा पुनः कोरोना पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए।

तनहुँका २० जना संक्रमित एकै बस्तीका बासिन्दा

तनहुँको भानु नगरपालिका–१ का २० जना बासिन्दामा शुक्रबार कोरोना भाईरस संक्रमण पुष्टि भयो। संक्रमितमध्ये ६ जना महिला छन्। एकैबस्तीका ती बासिन्दामा संक्रमण पुष्टि भएपछि त्यस क्षेत्रमा त्रास छाएको छ। संक्रमितको घुलमिल बढी हुने क्षेत्र नजिकैको डुम्रे बजार भएकोले त्यहाँ पनि संक्रमण फैलिएको हुनसक्ने स्थानीयको आशंका छ।

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या दुई करोड दश लाख नाघ्यो

विश्वमा दुई करोड १० लाख ७४ हजार १९९ जना कोरोना भाइरस सङ्क्रमित भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ।

खोपको खोजी

खोप नबनेको र यसको प्रभावकारितामा प्रश्न उठेको अवस्थामा निराश हुनुभन्दा संक्रमण नै फैलन नदिने अन्य विकल्पलाई रोज्नुपर्छ। त्यो हो– भौतिक दूरी निरन्तर कायम राख्ने, मास्क लगाउने र रोग सर्न सहयोग पु-याउने हाम्रा अन्य आनीबानीमा परिवर्तन गर्ने। यसैगरी हामीले हाम्रो कमजोर स्वास्थ्य प्रणालीलाई क्रमशः मजबुत पार्दै लैजानुपर्छ।

कोरोना संक्रमित लुकाएको भन्दै जगदम्बा स्टिल सिल, ६ संक्रमित सम्पर्कविहिन

जिल्ला प्रशासन कार्यालय बाराले बिहिबार जितपुरसिमरा उपमहानगरपालिकाको सिमरामा रहेको जगदम्बा स्टिल प्रालिलाई सिल गरेको छ।

कोरोनाबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ९५ पुग्यो

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महोत्तरी, धनुषा, अछाम र मोरङ जिल्लामा १—१ जना गरी ४ जनाको मृत्यु भएको हो।

रुसले बनाएको भनिएको कोरोना भ्याक्सिनबारे किन प्रश्न उठ्यो?

करिब दुई महिनाको ट्रायलपछि कोरोना भाइरसको भ्याक्सिन तयार गरेको रुसी राष्ट्रपति भ्लादमिर पुटिनले दाबी गरे। गेमालेया इन्चिच्युटमा विकास गरिएको उक्त भ्याक्सिन उनकै छोरीलाई पनि दिइयो। रुसले उक्त भाइरसको नाम ‘स्पुतनिक बी’ दिइएको छ।

भारतका पूर्वराष्ट्रपति मुखर्जी कोमामा

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी कोमामा गएका छन् । आर्मी रिसर्च एण्ड रेफरल हस्पिटलमा उपचाररत मुखर्जीलाई कोमामा राखिएको अस्पतालले जनाएको छ। कोममा रहेपनि उनको अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ। मुखर्जीलाई सोमबार अस्पताल भर्ना गरिएको थियो।

होटल र रेस्टुरेन्ट फेरि बन्द

सरकारले भीडभाड बढ्दा संक्रमणको जोखिम थपिएको भन्दै होटल र रेस्टुरेन्टमा बसेर खान नपाउने निर्णय मंगलबार गरेको छ। त्यसबाहेक रेस्टुरेन्टबाट ‘टेक अवे’ सेवा मात्र दिने भने पनि लेकसाइडका रेस्टुरेन्टले यो सेवा पनि रोक्ने तयारी गरेका छन्।

काठमाडौं उपत्यकामा १३८ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १३८ जनामा कोरोना संक्रमण देखिएको छ। काठमाडौंमा १०९, भक्तपुरमा ८ र ललितपुरमा २१ जनामा कोरोना देखिएको हो।

थप ४८४ जनामा संक्रमण, कोरोना मुक्त हुनेको संख्या १६ हजार ७ सय २८ पुग्यो

पछिल्लो २४ घण्टामा थप ४८४ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ६४ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। हालसम्म संक्रमित हुनेको संख्या २४ हजार ४३२ पुगेको छ भने निको हुनेको संख्या १६ हजार ७ सय २८ छ ।

धादिङका पुरुषमा मृत्यु पश्चात कोरोना पुष्टि

काठमाडौको धुम्वाराहीस्थित ह्याम्स अस्पतालमा उपचारको क्रममा मृत्यु भएका धादिङका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। श्वासप्रश्वासमा समस्या आएपछि उपचारत नीलकण्ठ नगरपालिका वडा नं १४ धुवाँकोटका पुरुषको मृत्यु भएको हो।

पोखराको लामाचौर क्षेत्र एक साताका लागि सिल

पोखरामा कोरोना संक्रमण बढेपछि पोखरा महानगरपालिका–१९ लामाचौर क्षेत्र एकसाताका लागि सिल गरिएको छ। वडामा अहिलेसम्म ११ जनामा संक्रमण देखिएको र ती मध्ये एकजना पुरुषको मृत्यु भएको छ। सुरुमा संक्रमण देखिएका पुरुषको केहीदिन अघि उपचारको क्रममा मृत्यु भएको थियो।

प्रदेश १ मा संक्रमित र मृतक संख्या बढेको बढ्यै

समुदाय तहमै फैलिसकेको र फरक ठाउँमा संक्रमित भेटिने क्रम पनि तीव्र रहेको प्रदेश १ मा बुधबार ४८ जना कोरोना संक्रमित थपिएका छन्। संक्रमित संख्या थपिने क्रम जारी रहँदा मृतकको संख्या पनि प्रदेशमा बढिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्