coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धादिङका पुरुषमा मृत्यु पश्चात कोरोना पुष्टि

काठमाडौको धुम्वाराहीस्थित ह्याम्स अस्पतालमा उपचारको क्रममा मृत्यु भएका धादिङका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। श्वासप्रश्वासमा समस्या आएपछि उपचारत नीलकण्ठ नगरपालिका वडा नं १४ धुवाँकोटका पुरुषको मृत्यु भएको हो। उनको मंगलवार ४ बजे मृत्यु भएको र मृत्यु पश्चात गरिएको कोरोनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको हो।  

धादिङवेशी काठमाडौं रुटमा गाडी चलाउने ती व्यक्ति लकडाउन भएर सवारीसाधन नचलेपछि गाउँमा नै रहेका थिए। गाउँमै रहँदा निमोनियाको शंका लागेपछि सोमबार बिहान उपचार गराउन उनी जिल्ला अस्पताल धादिङवेशी आएका थिए। जिल्ला अस्पताल धादिङवेशीमा प्रारम्भिक उपचार र एक्सरे गर्दा फोक्सोमा गम्भीर समस्या देखिएपछि जिल्ला अस्पताल धादिङवेशीले थप उपचारको लागि काठमाडौं रिफर गरेको थियो।  

रिपोर्ट पोजेटिभ देखिएका कारण उनको शव अस्पतालले सेनाको जिम्मा लगाउने तयारी गरेको परिवारले जानकारी दिए।  

 

प्रकाशित: २८ श्रावण २०७७ १०:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App