५ आश्विन २०८१ शनिबार
image/svg+xml

नेकपा प्रदेश सांसदसहित ८ जनालाई कोरोना

धरानमा स्वाब संकलन गरिएकाहरुमध्ये थप ८ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ। ती मध्ये धरानका मात्र ६ जना हुन् भने २ जना धरान बाहिरका हुन्। धरान बाहिरका कोरोना संक्रमितमा नेकपाका तर्फबाट प्रदेशसभा सदस्य कुसुम श्रेष्ठ र उनका श्रीमान् हुन्।

मोरङका कोरोना संक्रमित पुरुषको उपचारका क्रममा धरानमा मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मोरङका एक कोरोना संक्रमितको मृत्यु भएको छ।

जनकपुरका पूर्वमेयर गिरीको कोरोनाका कारण निधन

जनकपुरधामका पूर्व मेयर कृष्ण गिरीको मंगलबार मध्यराती नेपाल मेडिसिटी हस्पिटल ललितपुरमा उपचारको क्रममा निधन भएको छ। ७३ वर्षीय गिरीलाई स्वास्थ्य समस्या भएपछि साउन ९ गते हेलिकप्टरमार्फत काठमाडौँ पुर्याइएको थियो। गिरीको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ थियो। कोरोना संक्रमण समेत उनमा अन्य स्वास्थ्य जटिलता रहेको पारिवारिक स्रोतले बतायो।

सप्तरीमा अस्पताल लैजाँदै गर्दा कोरोना संक्रमितको मृत्यु

सप्तरीको राजबिराज नगरपालिका– ६ का ८० वर्षीया जेष्ठ नागरिकको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ। पिसिआर परीक्षण रिपोर्टमा कोरोना पोजेटिभ पुष्टि भएका उनलाई गजेन्द्रनारायण सिंह कोभिड अस्पतालको आईसोलेसनमा ल्यउँदै गर्दा ९:३० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख दुनियालाल यादवले जानकारी दिए।

प्रदेशिक कोभिड अस्पतालमा कोरोना संक्रमितको मृत्यु

प्रादेशिक कोभिड अस्पतालमा उचाररत धनुषाका ६० वर्षीय पुरुषको सोमबार राती मृत्यु भएको छ। छातीमा समस्या भएर उपचारका लागि प्रादेशिक अस्पतालमा आएका उनको दश दिनअघि पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो।

प्रतिरक्षा प्रणालीको प्रतिरक्षा

आहारबिहार तथा दैनिकीमा परिवर्तन गरी भाइरस जित्न सकिन्छ भन्ने कुरालाई हृदयंगम गरी तद्अनुरूपको व्यवहार अंगाल्न आवश्यक छ।

जनकपुरमा मृत्यु भएका सुरक्षागार्डमा कोरोना पुष्टि

आइतबार बिहान जनकपुरधामको विनय तारा फाउन्डेसन एन्ड क्यानसर अस्पतालमा मृत्यु भएका सुरक्षा गार्डको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ। ज्वरोले थलिएका उनलाई स्वास फेर्न गाह्रो भएपछि उपचारका लागि विनय तारा अस्पताल पुर्याएका उनको त्यहीँ मृत्यु भएको थियो।

कोरोना संक्रमितको संख्या २३ हजार नाघ्यो

पछिल्लो २४ घण्टामा २३८ जनामा कोरोना संक्रमण भएको छ। अहिलेसम्म सक्रमितको संखया २३३१० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। ८ हजार ४ सय ३२ जनाको पिसिआर परीक्षण गर्दा ३३८ जनामा नयाँ संक्रमण फेला परेको हो।

उपत्यकाका सबै नाकालाई सिल गरौं : मेयर शाक्य

काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले उपत्यकाका सबै नाकालाई सिल नगरेसम्म उपत्यका भित्र संक्रमण नियन्त्रणमा नआउने बताएका छन्।

विश्वमा कोरोना भाइरस सङ्क्रमितको दुई करोड नाघ्यो

विश्व स्वास्थ्य (डब्लुएचओ) ले सोमबार दिएको जानकारीअनुसार विश्वमा दुई करोड २६ हजार २११ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन्।

कोरोना भाइरसको खोपमा हर्स सु स्क्र्याबको रगत !

१० आँखायुक्त हर्स सु स्क्र्याब करिब ३० करोड वर्षदेखि पृथ्वीमा शान्तिपूर्वक बसिरहेका छन् । जुन बेलादेखि वैज्ञानिकहरुले यसको रगत हाम्रो शरीरका कतिपय रोग उपचारमा प्रयोग गर्न सकिने पत्ता लगाए, त्यसपछि यिनको जीवन खतरामा पर्न थाल्यो ।

कोरोनाले यस वर्ष हिमालमै बिलायो ‘हिमाली हिरा’

हिमाली हिराको नामले चिनिने यार्सागुम्बा संकलन गर्न नपाउँदा कर्णली र सुदूरपश्चिमका हिमाली जिल्लाका स्थानीय आर्थिक संकटमा परेका छन्।

कोरोना भाइरसबाट थप २ को मृत्यु

मोरङमा कोरोना भाइरस कोभिड १९ को संक्रमित २ जना पुरुषको बुधबार विराटनगरमा मृत्यु भएको छ । कोसी अस्पतालमा उपचाररत एक जना र अर्का उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको अस्पतालले जनाएको छ ।

‘तपाईको मास्क खै ?’

दिनानुदिन कोरोना भाइरसको जोखिम बढिरहेकाबेला खोटाङमा ‘तपाईको मास्क खै ?’ अभियान सुरु गरिएको छ । लकडाउन हटेपछि मास्कको प्रयोगमा बेवास्ता गर्दा कोरोना संक्रमण फैलिने त्रास झन् बढेर गएको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाइटी र खोटाङ उद्योग बाणिज्य संघले संयुक्तरुपमा ‘तपाईको मास्क खै ?’ अभियान सुरु गरेको हो ।

विश्वमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या सात लाख नाघ्यो

विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण सात लाख ४ हजार ४३८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्