५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

नेकपा प्रदेश सांसदसहित ८ जनालाई कोरोना

धरानमा स्वाब संकलन गरिएकाहरुमध्ये थप ८ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ। ती मध्ये धरानका मात्र ६ जना हुन् भने २ जना धरान बाहिरका हुन्। धरान बाहिरका कोरोना संक्रमितमा नेकपाका तर्फबाट प्रदेशसभा सदस्य कुसुम श्रेष्ठ र उनका श्रीमान् हुन्। राजनीतिक कार्यथलो धनकुटा जिल्ला भएपनि उनीहरु इटहरी ४ मा बस्छन्। उनीहरुले साउन २४ गते धरान १५ मा रेण्डम मास टेष्टिङको क्रममा स्वाब संकलन हुँदै गर्दा स्वाब दिएका थिए। उनीहरुको गाडी चालकको भने रिपोर्ट नेगेटिभ आएको छ।  

यस्तै, अन्य ६ जना भने धरान उपमहानगरपालिकाको विभिन्न वडाका व्यक्तिहरु भएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए। उनका अनुसार वडा नं १५ का ३३ बर्षको पुरुष, ६९ बर्षको पुरुष र ३७ बर्षकी महिला छिन्। यस्तै, वडा नं १६ का२५ बर्षको पुरुष र २१ बर्षको पुरुष पोजेटिभ आएको छ भने वडा नं ८ को ३८ बर्षको पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको छ।  

 

 

प्रकाशित: २८ श्रावण २०७७ ०६:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App