३० आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

कोरोना भाइरसको खोपमा हर्स सु स्क्र्याबको रगत !

अनुसन्धान

१० आँखायुक्त हर्स सु स्क्र्याब करिब ३० करोड वर्षदेखि पृथ्वीमा शान्तिपूर्वक बसिरहेका छन् । जुन बेलादेखि वैज्ञानिकहरुले यसको रगत हाम्रो शरीरका कतिपय रोग उपचारमा प्रयोग गर्न सकिने पत्ता लगाए, त्यसपछि यिनको जीवन खतरामा पर्न थाल्यो । घोडाको नाल आकारको जल गँगटोलाई यतिबेला कोरोना भाइरसको उपचारमा उपयोग गरिने हल्ला बढेसँगै दुर्लभ प्रजातिको यो गँगटो सिद्धिने खतरा बढेर गएको केही वातावरणविद्हरुको आशंका छ ।

कोरोना महामारीका बीच यो गँगटोमाथि वैज्ञानिकहरुको रुचि बढ्न थालेको हो । वैज्ञानिकहरुले सम्भावित खोप बनाउनका लागि यसमाथि शोध भइरहेको हो ।

त्यसो त यो गँगटो यति धेरै पुरानो प्रजाति हो कि यसलाई लिभिङ फोसिल (जीवित जीवाष्म) समेत भन्ने गरिन्छ । तर कोरोनाको औषधिमा यसलाई उपयोग गर्ने हल्लासँगै यसको अस्तित्वमाथि नै खतरा उत्पन्न भएको केहीको भनाइ छ । यस किसिमको गँगटोको संख्या त्यसै पनि कम रहेको वैज्ञानिकहरु बताउँछन् । अब औषधिको नाममा यसको रगत उपयोग हुने हल्ला चलेसँगै यसको संख्या अझ बढी घट्ने चिन्ता बढेर गएको छ ।

गँगटोको सहयोग

यी जल गँगटोको रगतलाई औषधिमा प्रयोग गर्नुको मुख्य कारण औषधिमा प्रयोग गरिने हानिकारक तत्व हुन् । ती तत्वमा यदि कुनै ब्याक्टेरिया छन् भने तिनलाई यो रगतको मद्दतले मार्ने काम गरिन्छ । अर्थात् औषधिको शुद्धताका लागि यो रगत नभई हुँदैन ।

दुःखको कुरा के छ भने यो संसारमा यस्तो शुद्धता नाप्ने रगत यही जन्तुको रगत मात्र एउटा हो ।  

औषधिलाई शुद्धताका लागि सधैँभरि प्रयोग गर्नका लागि हरेक वर्ष हजारौँको संख्यामा हर्स सु स्क्र्याब पक्रने गरिन्छ । तिनलाई पक्रेर औषधि बनाउने अमेरिकी ल्याबमा पठाइन्छ । तिनीहरुबाट रगत निकालिन्छ र यसपछि विना रगतको स्क्र्याबलाई पुनः समुद्रमा पठाइन्छ ।

रगत निकालिएका स्क्र्याब बाँच्छन् त ?

पहिलेका विज्ञहरुको धारणा थियो, रगत निकाले पनि यी जन्तु बाँच्छन् । सोही सिद्धान्तमा आधारित भएर यिनमा भएको रगत निकालेर पुनः समुद्रमा छाडिन्थ्यो । तर पछिल्लो समय गरिएका शोधहरुले यिनको शरीरबाट ३० प्रतिशतभन्दा बढी रगत निकालिएको खण्डमा यिनको मृत्यु हुन सक्ने देखिएको छ ।

त्यस्तै एक पटक यिनको शरीरबाट रगत निकालेपछि पुरुष गँगटोको प्रजनन शक्ति घट्दै जान्छ । र, मुख्य समस्या यहीँनेर छ ।

औषधि कम्पनीले अमेरिकाको न्युजर्सीमा लाखौँको संख्यामा हर्ससु क्र्याब पक्रन्छन् । पर्यावरण संरक्षणका लागि काम गरिरहेकी डा. बार्बरा ब्रमर भन्छिन्, ‘यतिबेला औषधि बनाउने भन्दै करिब ५० लाख गँगटाको रगत सङ्कलन गरिएको छ । रगत निकालेपछि ती गँगटालाई ज्यूँदै छाडिन्छ तर छाडिएका गँगटोको जीवनमा कस्तो असर पर्छ, के गर्छन् भन्नेबारे भने कसैलाई पनि थाहा हुँदैन र छैन पनि ।’

यत्तिका वर्ष पक्रेर समुद्रमा छाडिएका यस्ता गँगटाको संख्या वृद्धि हुनुपर्ने हो तर क्रमशः घटिरहेको र आधिकारिक रुपमै लुप्त प्रायः जीवको सूचीमा राख्नुपर्ने अवस्थामा यी पुगिसकेका छन् ।

औषधि बनाउने केही ठूला कम्पनीले भने आशंका गरिएजस्तो तिनको संख्यामा उति धेरै फरक देखिइसकेको छैन भन्ने दाबी गरिरहेका छन् ।

प्रयोग रोक्ने आवाज

औषधि बनाउन यस्ता गँगटोका रगतको साटो मानव निर्मित कुनै चिज प्रयोग गर्न सकिएला कि भनी वर्षौंदेखि शोध नचलेको भने होइन । २०१६ मा यस सन्दर्भमा केही सफलता हात पनि परिसकेको छ ।

वैज्ञानिकहरुले गँगटोको रगतको विकल्प फेला पारेपछि युरोपमा त्यसलाई प्रयोग गर्ने स्वीकृति पनि पाइसकेको छ । अमेरिकी केही औषधि कम्पनीले पनि विकल्पमा काम थालिसकेका छन् ।

गँगटो जोगाउने अभियानमा बहस किन ?

अमेरिकामा औषधिको सुरक्षाका बारेमा निर्णय लिने संगठनले गत महिना हर्स सु क्र्याबको रगतको विकल्पका रुपमा जुन पदार्थ तयार पारिएको छ, त्यो कत्तिको शक्तिशाली र प्रभावकारी छ भन्ने पुष्टि भइसकेको छैन भन्दै त्यसमा काम नगर्न सल्लाह दिएको थियो ।  

यसपछि जुन कम्पनीले अमेरिकामा औषधि बेच्न चाहन्छ, तिनले कृत्रिम पदार्थ प्रयोग गरेको नभई हर्स सु क्र्याबको रगत नै प्रयोग गरेको हुनुपर्ने भन्दै विज्ञप्ति जारी ग¥यो ।

यसको अर्थ, कुनै कम्पनीले कोरोना भाइरसको खोप बनायो भने उसले लाखौँ मानिससम्म पु¥याउनका लागि परीक्षण गर्दा पुरानै तरिकाले गर्नुपर्ने हुन्छ ।

डा. बार्बरा भन्छिन्, ‘औषधि कम्पनीले भने कृत्रिम पदार्थ प्रयोग गर्न पाउनुपर्ने कुरा उठाइरहेका छन् । यदि हामीले कृत्रिम पदार्थ प्रयोग गर्न सक्छौँ भने किन नगर्ने ? फेरि संसारका अन्य ठाउँमा जीव जोगाउन भनेर कृत्रिम पदार्थ प्रयोग गरिरहेका नै छन् । हामीले यहाँ प्रयोग गर्न किन अप्ठेरो मान्ने ?

‘यसले हाम्रो प्राकृतिक संशाधनमाथिको निर्भरता कम हुनेछ,’ उनी जोड दिन्छिन् ।

त्यसो त औषधि कम्पनीहरुले कोविड १९ रोगको खोपका लागि आवश्यक पर्ने परीक्षणका लागि चाहिने हर्ससु क्र्याबको रगत पर्याप्त मात्रामा स्टक छ र नयाँ गँगटो पक्डिरहनुपर्ने आवश्यकता पनि नभएको बताइरहेका छन् ।

डाक्टर बार्बरा भन्छिन्, ‘कोरोनाका लागि भ्याक्सिन बनाउने काममा कम्तीमा पनि ३० कम्पनी लागिपरेका छन् । सबैले भ्याक्सिनको परीक्षणका लागि उस्तै प्रक्रियाबाट जानुपर्ने हुन्छ । यस्तो बेलामा हाम्रो स्वास्थ्यका लागि भनेर पर्यावरणमा असर पुग्ने गरी गँगटाको दोहन हुनुहुँदैन भन्ने मेरो भनाइ हो ।’

प्रकाशित: २२ श्रावण २०७७ ०८:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App