५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

जनकपुरका पूर्वमेयर गिरीको कोरोनाका कारण निधन

जनकपुरधामका पूर्व मेयर कृष्ण गिरीको मंगलबार मध्यराती नेपाल मेडिसिटी हस्पिटल ललितपुरमा उपचारको क्रममा निधन भएको छ।  ७३ वर्षीय गिरीलाई स्वास्थ्य समस्या  भएपछि साउन ९ गते हेलिकप्टरमार्फत काठमाडौँ पुर्याइएको थियो। गिरीको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ थियो। कोरोना संक्रमण समेत उनमा अन्य स्वास्थ्य जटिलता रहेको पारिवारिक स्रोतले बतायो।

जनकपुरको मिल्स एरियास्थित रामा होटलका सञ्चालकसमेत रहेका गिरी विभिन्न सामाजिक संस्थामा आवद्ध थिए। गिरी नेपाल परिवार नियोजन संघ धनुषाको २५ वर्षसम्म निरन्तर अध्यक्ष भएका थिए। उनी  ०४४–०४५ सालमा जनकपुर नगरपालिकाको मेयर भएका थिए। नेपाली कांग्रेसको महासमिति सदस्य समेत रहेका गिरीको दुई छोरा र श्रीमती छन्।  

 

 

प्रकाशित: २८ श्रावण २०७७ ०४:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App