५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

पोखराको लामाचौर क्षेत्र एक साताका लागि सिल

कोरोना संक्रमणको त्रासले बुधबारदेखि एकसाताका लागि सिल गरिएको पोखरा–१९को लामाचौर क्षेत्र। तस्बिरः उमेश पुन

पोखरामा कोरोना संक्रमण बढेपछि पोखरा महानगरपालिका–१९ लामाचौर क्षेत्र एकसाताका लागि सिल गरिएको छ। वडामा अहिलेसम्म ११ जनामा संक्रमण देखिएको र ती मध्ये एकजना पुरुषको मृत्यु भएको छ। सुरुमा संक्रमण देखिएका पुरुषको केहीदिन अघि उपचारको क्रममा मृत्यु भएको थियो।

बुधबारदेखि एकसाताका लागि वडाको सबै क्षेत्र सिल गरेको वडाअध्यक्ष शोभामोहन पौडेलले बताए। उनका अनुसार अत्यावश्यकीय बस्तुको आपुर्तीका लागि सवारी र पसल खुल्नेबाहे्क अरु सबै आउजाउ र बजार बन्द हुनेछन्। ‘पहिलो चरणमा एकसाताका लागि सिल गरेका छौ। त्यसपछि अवस्था हेरेर समय थप्न सकिन्छ,’ उनले भने।  

उनका अनुसार सुरुमा एकजना पुरुषमा त्यहाँ कोरोना संक्रमण देखिएको थियो। उनकै सम्पर्कमा आएका व्यक्तिको परीक्षण गर्दा थप ६ जनामा संक्रमण पुष्टि भएको थियो। पछि फेरि अरु कन्टयाक्ट ट्रेसिङ गर्दा चारजनामा संक्रमण पुष्टि भएको अध्यक्ष पौडेलले बताए। ‘पछिल्लो समय भेटिएका चारजनाको सम्पर्कमा आएका व्यक्ति पहिचान गरेर परीक्षणको तयारी भईरहेको छ,’ उनले भने।  

यो पोखराको माथिल्लो क्षेत्र हा। अरुबेला यहाँ निकै नै चहलपहल हुने गरेपनि सिल गरेपछि यतिबेला वडाका मुख्य चोक र बजार सुनसान रहेका छन्। एकाध किराना र औषधी पसल बाहेक केही खुलेका छैनन भने स्थानीयबासि पनि घरबाहिर निस्कन डराएका छन्। ‘हामीले सबैखाले पसल नखोल्न पनि भनेका छौ। अत्यावश्यक बाहेकका पसल खुलेका पनि छैनन्। वडाबासिको हिँडडुल पनि छैन,’ उनले भने। अध्यक्ष पौडेलका अनुसार शनिबार मृत्यु भएका ती पुरुष धर्म प्रवद्र्धक हुन्। उनी धर्म प्रचार गर्ने क्रममा समाजमा निस्फिक्रि हिडडुल गरेकोले संक्रमण फैलिएको अनुमान स्थानीयको छ।

ती मृतकले घरमै सच्चाई कार्यक्रम चलाउँदै आएका थिए। साप्ताहिक रुपमा प्रत्येक शनिबार १५–२० जनासम्म अनुयायीलाई घरैमा भेला पार्थे र प्रवचन दिन्थे। यहि क्रममा उनी स्याङ्जा समेत पुगेर आएका थिए। मृतक ती पुरुष ‘ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र’का प्रमुख थिए। उनी आफूलाई शक्तिशाली ठान्थे। त्यहि भएर पनि उनले कोरोना महामारीका बिच पनि सच्चाई कार्यक्रम निरन्तर चलाएका थिए। उनको उपचारको क्रममा शनिबार राती पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको थियो।

 

प्रकाशित: २८ श्रावण २०७७ १०:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App