४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

दीर्घरोगीको मृत्युमा कोरोना कारक

मृत्यु भएका दुवैजना फरक खालका दीर्घरोगी थिए । पोखराका अस्पतालमा उपचारका क्रममा भर्ना भएका उनीहरूमध्ये तनहुँकी महिलाको कास्की सेवा अस्पतालमा मृत्यु भएको हो ।

नवलपरासी कांग्रेस उपसभापति गिरीको निधन

नेपाली कांग्रेस नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का उपसभापति सुवासचन्द्र गिरीको कोरोना भाइरसका कारण निधन भएको छ ।

वीपीमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमित व्यक्तिलाई प्लाज्मा थेरापीमार्फत उपचार गरिएको छ। धरानका ६७ वर्षीय एक संक्रमित पुरुषलाई प्रतिष्ठानमा प्लाज्मा थेरापी उपचार गरिएको हो। निमोनिया भएर उपचार गर्न अस्पताल गएका उनलाई साउन २९ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो।

बागमती प्रदेशकी उपसभामुख तामाङलाई कोरोना संक्रमण

बागमती प्रदेश सभाकी उपसभामुख राधिका तामाङ कोरोना भाईरस (कोभिड–१९)संक्रमित भएकी छिन्। हेटौंडा १० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक प्रयोगशालाबाट प्राप्त भएको रिपोर्टअनुसार उपसभामुख तामाङसहित मकवानपुरमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रादेशिक अस्पताल जनकपुरमा कोरोना संक्रमितको मृत्यु

प्रादेशिक अस्पताल जनकपुरमा सोमबार कोरोना संक्रमित ५० वर्षीय पुरुषको मृत्यु भएको छ। धनुषाको धनौजी गाउँपालिका –३ कटैयाका पुरुषको उपचारको क्रममा मृत्यु भएको हो।

व्यवसायी लामिछानेले कोरोना कोषमा गरे १५ लाख सहयोग

बेलायतमा व्यवसायरत रवीजंग लामिछानेले सरकारको कोरोना राहत कोषमा १५ लाख सहयोग गरेका छन्। कोभिड १९ रोकथाम ,नियन्त्रण तथा उपचारसम्बन्धी सरकारको कोषमा लामिछानेले १५ लाख १७ हजार ७२७ रुपैयाँ सहयोग गरेका हुन्।

थप ५८१ जनालाई कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप ५८१ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १६० जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। अहिलेसम्म कोरोना मुक्त हुनेको संख्या १७ हजार ४ सय ९५ पुगेको छ।

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड १८ लाख नाघ्यो

विश्वमा दुई करोड १८ लाख २८ हजार ९२९ जना कोरोना भाइरस सङ्क्रमित भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ।

पाटन अस्पतालमा कोरोना संक्रमित ५८ वर्षीया महिलाको मृत्यु

कोरोना संक्रमित ५८ वर्षीय महिलाको सोमबार पाटन अस्पतालमा मृत्यु भएको छ। उनको पाटन अस्पतालको आइसियुमा उपचारको क्रममा १० बजे मृत्यु भएको ललितपुर जनस्वास्थ्य कार्यालयले जनाएको छ। मृतक महिलालाई स्वास्थ्यमा समस्या भएपछि साउन २८ गते अस्पतालमा भर्ना गरिएको थियो। उनमा निमोनियाँ र श्वास फर्न गाह्रो हुने समस्या रहेको थियो।

कोरोनाका कारण यूपीका मन्त्री चौहानको निधन

पूर्व भारतीय क्रिकेटर तथा उत्र प्रदेशका होमगार्ड मन्त्री चेतन चौहानको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। उनका भाइ पुष्पेन्द्र चौहानले चेतनको मृत्युको खबर पुष्टि गरे।

हैसियत चिन्दैन कोरोना

उच्चस्तरीय समिति खारेज भएको हो वा कमिसनको रकम आउने ढोका बन्द भइसकेका हुन् ? नागरिकले थाहा पाउन पाएका छैनन्।

काठमाडौं उपत्यकामा थपिए १७२ नयाँ संक्रमित

पछिल्लो २४ घण्टामा कोरोनाबाट काठमाडौं उपत्यकामा १७२ जना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना नयाँ संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा थपिए ६४१ संक्रमित

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ६४१ जना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १३४ जना डिस्चार्ज भएका छन् भने थप २ जनाको मृत्यु भएको छ।

विदेशमा नेपाली समुदायका कोरोना संक्रमण घट्दो

विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा रहेका नेपालीमा परेको प्रभाव केही मत्थर भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले यो साता संक्रमणका कारण ज्यान गुमाउने गैरआवासीय नेपालीको संख्या शून्य रहेको र संक्रमण दरमा उल्लेख्य रुपमा कमी भएको जनाएको छ।

कोरोनाबाट विराटनगरमा महिलाको मृत्यु

कोरोना भाइरस (कोभिड १९) बाट विराटनगरकी एक महिलाको मृत्यु भएको छ। उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार बिहान उचारका क्रममा मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्