४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

कोरोनाबाट विराटनगरमा महिलाको मृत्यु

कोरोना भाइरस (कोभिड १९) बाट विराटनगरकी एक महिलाको मृत्यु भएको छ। उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार बिहान उचारका क्रममा मृत्यु भएको हो।  

विराटनगर–२ स्थित तीनपैनीकी एक महिलाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए। उनका अनुसार कोरोना संक्रमित ५० वर्षीया महिलालाई विराटनगरको न्यूरो अस्पतालबाट अत्याधिक ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि शनिबार रिफर गरिएको हो। राति ११ बजेर ५० मिनेटमा अस्पतालमा भर्ना गरिएकी महिलाको गए राति १२ बजेर ३० मिनेटमा निधन भएको उनले बताए।  

प्रवक्ता डा. सापकोटाका अनुसार मृतक महिलामा दीर्घकालीन रोग, फोक्सोमा समस्या, थाइराइडको समस्याका साथै मुटुको समस्याका कारण भारतको दिल्लीस्थित एक अस्पतालबाट हेर्ने गरिएको खुलेको छ। हाल शवको व्यवस्थापनकको कार्य तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ।  

यससँगै प्रदेश १ मा कोरोना संक्रमणबाट मृतकको संख्या १० पुगेको छ भने विराटनगर महानगरपालिकाभित्र कोरोनाबाट ७ जनाको मृत्यु भइसकेको छ। विराटनगर–९ का २ जना तथा वडा नम्बर २, ३, ५, १० र १५ का १–१ जनाको मृत्यु भइसकेको छ।

 

प्रकाशित: ३२ श्रावण २०७७ ०५:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App