४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

काठमाडौं उपत्यकामा थपिए १७२ नयाँ संक्रमित

पछिल्लो २४ घण्टामा कोरोनाबाट काठमाडौं उपत्यकामा १७२ जना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका अनुसार काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना नयाँ संक्रमित थपिएका हुन्।  

देशभर पछिल्लो २४ घण्टामा ६४१ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १३४ जना डिस्चार्ज भएका छन् भने थप २ जनाको मृत्यु भएको छ।

हालसम्म संक्रमित हुनेको संख्या २६ हजार ६ सय ६० पुगेको छ भने कोरोना मुक्त हुनेको संख्या १७ हजार ३ सय ३५ पुगेको छ। कोरोनाका कारण १०४ जनाको ज्यान गइसकेको छ।  

 

प्रकाशित: ३२ श्रावण २०७७ १०:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App