९ मंसिर २०८१ आइतबार
image/svg+xml

खाडीमा भन्दा बारीमै कमाईः तरकारीबाटै वार्षिक आठ लाख आम्दानी

जीवनको उर्वर समय मुग्लानमा पसिना बगाउँदा पनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा फर्किएर माटोसँग खेल्दै तरकारी खेतीमा लागेका हरिलाल घिमिरेको जीवनमा बल्ल हरियाली छाउन थालेको छ।

प्रति किलो ५ रुपैयाँमा पनि नबिकेपछि पशु चौपायालाई भिन्डी खुवाउँदै कृषक

लागत अनुसारको मूल्य र बजार नपाउँदा कृषकहरूले उत्पादन गरेको तरकारी पुश चौपायालाई खुवाउन थालेका छन्।

बेमौसमी तरकारीका लागि गाउँगाउँमा टनेल

गुठिचौर गाउँपालिका ५ फोईगाउँका धनलक्ष्मी धिताल प्लाष्टिक टनेलमार्फत गाउँमा बेमौसमी तरकारी खेती गरिरहेकी छिन्। उनी वर्षेनि हिउँदे तरकारी उत्पादन गरेर बजारसम्म लैजान्छिन्। बेमौसमी तरकारी खेती गरेपछि आर्थिक स्थिती बलियो भएको उनले बताइन्।

विषादीरहित भान्छा

काठमाडौँ उपत्यकाका किसानले तरकारीलाई रोग/कीराबाट जोगाउन विषादी हाल्दै आएबाट उपभोक्ताले कसरी सजिलै विषादी सेवन गरिरहेका छन् भन्ने देखिन्छ।

वर्षाले कृषि बालीलाई राहत

उनका अनुसार पसाउन लागेको धानबाली, कोपिला लाग्दै गरेका काउली बन्दा, साग, मुला, बोडी, गेँडागुडीलगायतका अहिले सिँचाइको उपयुक्त समय मानिन्छ।

सोह्र श्राद्ध : मांसाहारी घटे, शाकाहारी बढे

मासुसँगै अण्डा, लसुन र प्याजको व्यापारमा मन्दी आए पनि तरकारी तथा फलफूलको माग भने बढेको छ। अन्य दिनको तुलनमा सोह्र श्राद्धका समयमा यहाँ मांसाहारी घटेका छन् भने शाकाहारी बढेका हुन्।

ह्वात्तै बढ्यो तरकारीको भाउ

तरकारी बजारमा औसतमा मूला ६०, परवल ८० देखि १००, बन्दा ५० देखि ६०, गोलभेडा १२० देखि १५०, भन्टा ६० देखि ७०, भिन्डी ७० देखि ९०, झिगुनी ८०, घिरौला ६० रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको छ।

बल्खु तरकारी बजारमा बाढी (फोटोफिचर)

बागमती नदिसँगै रहेको बल्खु तरकारी बजारमा अकस्मात भेल आउदा बजार डुबानमा परेको हो। बजारमा तीन फिट भन्दा माथि पानी जमेको छ।

निषेधाज्ञाले खेतमै कुहिन थाल्यो तरकारी

मुलुकभर फैलिएको कोरोना भाइरस संक्रमणरोकथाम गर्न जिल्ला प्रशासन कार्यालयले लागू गरेको निषेधाज्ञाका कारण किसानको उब्जनी बिक्री नभएको हो। सुनकोसी गाँउपालिका–७, नागीमा व्यावसायिक कृषिमा लागेका युवाले फलाएको बेमौसमी काउली बिक्री नहुँदा उनीहरू चिन्तित छन्।

निषेधाज्ञाले खेतमै कुहिन थाल्यो तरकारी

‘हामीले लगाएको काउली बिक्री नभएर खेतमै कुहिने अवस्था आएको छ’, सुनकोसी गाउँपालिका ७ का किसान नवीन कार्कीले नागरिकसँग भने, ‘दैनिक चारसय केजीमाथि काउली तयार भएको छ तर बिक्री गर्ने ठाँउ छैन।’

किसानको फसल 'घुइँयाको भाउ'

वसन्ते तरकारी खेती गरेर राम्रो उत्पादन लिउँला सोचेका किसानको फसलको मूल्य अहिले ‘घुइँयाको भाउ’ भएको छ। चलनचल्तीको भाषामा समाजमा सबैभन्दा सस्तो र हेँलाका रुपमा पिँडालुलाई ‘घुइँयाको भाउ’ भाउ भनेर सम्बोधन गरिँदै आएको छ। हो, अहिले त्यही पिँडालु (घुइँयाको भाउ) भन्दा पनि सस्तो मूल्यमा किसानले तरकारीको मूल्य तोक्दा समेत बिक्न छोडेको छ।

कालीमाटी तरकारी बजारमा होलसेल बाहेक सबै कारोबार बन्द

खुद्रा बिक्री गर्दा मान्छेहरुको भिडभाडका कारण कोरोना संक्रमण फैलिन सक्ने भन्दै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (२८गते) देखि कृषक बजार बन्द गर्ने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्