coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

आयातित गोलभेडाले स्थानीयलाई गाह्रो

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको खोटाङ कृषि फर्मका सञ्चालक गंगाबहादुर बिश्वकर्मा हाइटेकभित्र उत्पादन गरेका लोकल गोलभेडाले बजार नपाउँदा दिक्क छन्। तराईबाट भित्रिएका सस्तो गोलभेडा गर्दा उनको केही महँगो गोलभेडाले बजार नपाएको हो।  

दिक्तेल बजारका तरकारी व्यवसायीले लोकल गोलभेडा प्रतिकेजी ४५ देखि ५० रूपैयाँमा किनेर ६० देखि ७० रूपैयाँमा बेच्छन्। तराईमा प्रतिकिलो २०–२५ रूपैयाँमा पाइने गोलभेडा भने यहाँको बजारमा प्रतिकिलो ४०–४५ रूपैयाँमा पाइन्छ । लोकलको लागत नै प्रतिकिलो २० देखि २५ रूपैयाँ पर्ने भएकाले तराईसँग प्रतिस्पर्धा गर्न गाह्रो भएको बिश्वकर्माले बताए। गोलभेडा खेती गर्ने अरू किसानको समस्या पनि बिश्वकर्मा जस्छै छ। ‘लोकलको लागत नै प्रतिकिलो २० देखि ३५ रूपैयाँ पर्छ। यही कारण तराईको सँग प्रतिस्पर्धा गर्न लोकललाई गाह्रो छ,’ बिश्वकर्माले भने, ‘जिल्लामा तरकारी खेतीमा लागेका किसानलक्षित प्रोत्साहन कार्यक्रम नल्याएसम्म व्यावसायिक कृषिको नारा सफल हुन्न। तराईको तरकारीसँग प्रतिस्पर्धा गर्न नसक्ने वातावरणले कृषक हतोत्साहित छन्।’  

उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष उपिनकुमार राईका अनुसार दिक्तेलमा दर्जनौं तरकारी पसल छन्। त्यी पसलमा तराईका गोलभेडा आउँदा लोकललाई बजार पाउन सकस परिरहेको छ। तराईबाट बन्दा, काउली, आलु, साग, खुर्सानी लगायत तरकारी समेत गाडीका गाडी भित्रिने गरेको छ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल भने दिक्तेल बजारमा तराईको तरकारी ल्याउन नदिइएको दाबी गर्छन्। ‘कोभिड–१९ को महामारी सुरु भएसँगै हामीले तराईका तरकारी ल्याउन दिएका छैनौं। बजारमा छन् भने लुकिछिपी ल्याएको हुनुपर्छ।’ 

प्रकाशित: २० श्रावण २०७८ ०४:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App