१० मंसिर २०८१ सोमबार
image/svg+xml

निषेधाज्ञाले उपत्यकामा खपत घट्दा तरकारी सस्तियो

तरकारी स्टक राख्दा कुहिएर क्षति हुने भएकाले किसानले सस्तो मूल्यमा बिक्री गरिरहेका छन्। कोभिडको संक्रमण बढेपछि उपभोक्ताहरू तरकारी किन्न बजारमा कम निस्किएका छन्। तरकारी किन्ने ठाउँमा भिडभाड हुने भएकाले पनि त्रसित छन्।

तरकारीको भाउ पाउन थाले भक्तपुरका किसानले

भक्तपुरका किसानले बल्ल तरकारीको उचित भाउ पाउन थालेका छन्। नेपालकै सबैभन्दा ठूलो अनि आधुनिक भनिएको तरकारी बजार जिल्लामै सञ्चालनमा ल्याइएपछि किसानहरुले तरकारीको उचित मूल्य पाउन थालेका हुन्।

नयाँं वर्षको अवसरमा भक्तपुरको तरकारी बजारमा छुट

नयाँं वर्ष २०७८ को अवसरमा भक्तपुरस्थित कृषि बजारमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ। नेपालकै ठूलो भनिएको सूर्यविनायक हरित कृषि थोक बजार प्रालिमा तरकारी तथा फलफूलमा एक हप्तासम्म यो छुटको व्यवस्था गरिएको हो।

देशकै ठूलो तरकारी बजार सञ्चालनमा

नेपालकै ठूलो भनिएको तरकारी बजार भक्तपुरमा सञ्चालनमा आएको छ। भक्तपुरको सूर्यविनायकको सिपाडोलमा नेपालकै सबैभन्दा ठूलो सूर्यविनायक हरित कृषि थोक बजार सञ्चालनमा ल्याइएको हो। अरनिको राजमार्ग अन्तर्गत आदर्श बस बिसौनीबाट दक्षिणको ३५ रोपनी क्षेत्रमा बजार खुलेको छ।

देशकै ठूलो तरकारी बजार सञ्चालनमा

नेपालकै ठूलो भनिएको तरकारी बजार भक्तपुरमा सञ्चालनमा आएको छ । भक्तपुरको सूर्यविनायकमा सिपाडेलमा नेपालकै सवैभन्दा ठूलो सूर्यविनायक हरित कृषि थोक बजार सञ्चालनमा ल्याइएको हो ।

३२ करोड लगानीमा आधुनिक तरकारी बजार

भक्तपुरको सूर्यविनायकमा ३२ करोड लगानीमा नेपालकै सबैभन्दा ठूलो र आधुनिक कृषि बजार (तरकारी बजार) सञ्चालनमा आउन लागेको छ। सूर्यविनायक हरित कृषि थोक बजार नामक कृषि बजार फागुन महिनाभित्रै सञ्चालनमा ल्याउने पवर्धकको योजना छ।

बुङ्कुलुङको तरकारी झापातर्फ निर्यात

ताप्लेजुङको फुङ्लिङमा उत्पादित तरकारी धमाधम झापातर्फ निर्यात हुन थालेको छ। फुङ्लिङ नगरपालिका वडा नं ९ हाङ्देवाको बुङ्कुलुङमा उत्पादित तरकारी झापाको बिर्तामोडतर्फ निर्यात हुन थालेको हो।

कृषि कर्मबाटै मासिक एक लाख बचत

‘यहाँका अधिकांश साथीहरु विदेश पलायन भएका छन्। विदेशमा पनि धन कमाउन त्यति सजिलो छैन’, खत्रीले भने– ‘स्वदेशमा आफैँ माटोमा रमाएर धेरथोर कमाउदा पनि सन्तुष्ट छु, विदेश जाने कहिल्यै मोह आएन।’

तरकारी बिक्रीको तह घटाउनु पर्छ

कोरोना महामारीका कारण धेरैले रोजगारी गुमाएका छन्। आम्दानी खुम्चिएको छ। कोभिडबाट जोगिन इम्युनिटी पावर बढाउन तरकारी तथा फलफूल खानुपर्ने बेला यसको भाउ अचाक्ली बढेको छ।

कालिमाटी तरकारी बजार समितिको अध्यक्षमा कार्की

सरकारले कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति अध्यक्षको जिम्मेवारी डा.योगेन्द्र कुमार कार्कीलाई दिएको छ। कार्की कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सह–सचिव हुन्।

अकासियो तरकारी मूल्य

कोभिडविरुद्ध इम्युनिटी पावर बढाउन तरकारी र फलफूल खानुपर्ने भए पनि मूल्य छोइनसक्नु भएपछि सर्वसाधारण दोहोरो चिन्ताको मारमा छन्।

ठेलामा तरकारी बेच्ने भाइरल सुभद्राको पीडा

निषेधाज्ञाबीच आइतबार ठेलागाडामा तरकारी बिक्री गर्ने सुभद्रा (सरस्वती) मैनालीले रुँदै प्रहरीप्रति आक्रोशित अभिव्यक्ति दिइरहेको टिकटक भिडियो सामाजिक सञ्जालमा भाइरल भयो। ३० सेकेन्डको भिडियोमा सुभद्राले महिला इन्स्पेक्टरले तरकारी तौलिने गरेको तराजु र ढक लिएर गएको गुनासो गरिरहेकी छन्। ‘दुःख नपाएको भए गाडा डो¥याएर को हिँड्थ्यो ?’ भक्कानिँदै उनले प्रश्न गरेकी छन्, ‘बिरामी होऔंला भन्ने हामीलाई डर हुन्छ। बसेर खान कसलाई मन हुँदैन ? दिनदिनै ब्रुफिन र निम्स खाएर हिँडिरहेकी छु।’

महँगियो भान्सा, खाद्यवस्तुको मूल्यवृद्धि गत वर्षको तुलनामा दोब्बर

राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार खाद्य तथा पेय पदार्थमा मुद्रास्फीति ८.१६ प्रतिशत पुगेको छ। गत साल यो दर ३.०९ प्रतिशतमा सीमित थियो।

बिचौलिया हटाउन पहल

तरकारी किनबेचमा धेरै तहमा बिचौलियाले कब्जा जमाएको कारण उपभोक्ताले महंगोमा खरिद गर्न बाध्य भएको निष्कर्ष निकाल्दै धरान उपमहानगरपालिकाले बिचौलिया अन्त्य गर्ने संयन्त्र बनाउने भएको छ ।

उपत्यकामा खाद्यान्न तथा तरकारी पसल विहान ९ : १५ सम्म खोल्न पाइने

काठमाडौं उपत्यकामा दैनिक खाद्यान्न तथा तरकारी पसल विहान ९ : १५ बजेसम्म मात्र खोल्न पाइने भएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञाको समयमा पसल खोल्ने समय निर्धारण गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्