२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

प्रति किलो ५ रुपैयाँमा पनि नबिकेपछि पशु चौपायालाई भिन्डी खुवाउँदै कृषक

लागत अनुसारको मूल्य र बजार नपाउँदा कृषकहरूले उत्पादन गरेको  तरकारी पुश चौपायालाई खुवाउन थालेका छन्। बजार लगेर बिक्री गर्दा समेत न्यून मूल्यमा समेत खेतमा उत्पादन गरेको  भिन्डी बिक्न छाडेपछि कृषहरूले भिन्डी चौपायालाई खुवाउन थालेका हुन्।

डेढ दशकदेखि व्यावसायिक तरकारी खेती थालेका कपिलवस्तुको शिवराज नगरपालिका–३ सुनबर्साका किसान महेन्द्र केवटले बजारमा भिन्डी बिक्नै छाडे पछि मर्कामा परेका बताए। उनले प्रति किलो ५ रुपैयाँमा समेत बिक्न छाडेपछि आफूले भैंसीलाई भिन्डी खुवाउन थालेको बताए।

सुरुमा थारै क्षेत्रफलमा मात्र तरकारी खेती गरेका उनले अहिले १८ कठ्ठामा तरकारी खेती गर्दै आएका छन्। कोभिड संक्रमण कम भएपछि उनले तरकारी खेतीको बिस्तार गर्दै लागेका बताउँछन्। भिन्डी, घिरौंला, खुर्सानी, काक्रो, बोडी लगायत अन्य तरकारी लगाएका छन्। स्नातक गरेका केवटले बजारमा तरकारी बिक्नै छाडेको बताउँछन्।

गत बुधबार चन्द्रौटा हाटबजारमा उनले ४० किलो भिन्डी बेच्न लगेका थिए। त्यसमध्ये १० किलो मात्र ५ रुपैया किलोका दरले बिक्री भएको उनले बताए। ‘५ रुपैयाँ किलोमा समेत भिन्डी नबिकेपछि घरमै भिन्डी फिर्ता लगे ’ उनले भने। अर्काे पटक शुक्रबार हल्लानगर बजार लैंजाँदा २५ किलो लैंजादा ७ किलो बिक्री भएको थियो। ‘५ रुपैयामा समेत भिन्डी नबिकेपछि घर मै पालेको भैसीलाई भिन्डी खान दिने गरेको छु ’ उनले भने। ठूला व्यापारीले भारतबाट  ल्याएको तरकारी सस्तोमा पाएकाले स्थानीयस्तरमा उत्पादन गरेको तरकारीको मूल्य घटेको उनले गुनासो गरे।

पुर्खाले अँगालेको पेसालाई आधुनिक तरीकाले गाउँघरमै परिवारसँग मिलेर आर्थिक उपार्जन गर्न तरकारी खेती गरेको बताउँछन्। मेहनत त परै जाओस् बीउबिजन र किटनाषक औषधिको लगानी समेत उठान नसेको उनी बताउँछन्। तरकारीले मूल्य नपाएपछि परिवार कसरी चलाउने चिन्तामा परेका छन् उनी।

स्थानीय स्तरमा उत्पादित तरकारीको बजरीकरणका लागि सरकारले विशेष पहल गर्नुपर्ने उनी बताउँछन्। भारतीय तरकारी आयातमा कडाइ गरी स्थानीय स्तारमा उत्पादन भएको तरकारीलाई प्राथमिकता दिनुपर्ने उनले बताए। ‘तिनै तहको सरकारले कृषि उपजको बजारीकरणमा विशेष ध्यान दिनुपर्छ ’उनले भने। पछिल्लो समय भारतीय तरकारी नेपाली बजारमा अत्यधिक उपलब्ध भएकाले स्थानीय कृषक मर्कामा पर्दै आएका छन्। कृषि ज्ञान केन्द्रका प्रमुख रविन्द्र चौबेले तरकारी उत्पादन बढेकाले अहिलको सिजनमा तरकारीको मूल्य घटेको उनले बताए। उनले कृषकहरूको बजारीकरण गर्न विशेष कार्यक्रम ल्याउनुपर्ने उनले बताए।

प्रकाशित: १६ जेष्ठ २०७९ ०५:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App