१९ वैशाख २०८१ बुधबार
image/svg+xml

भट्टराई नेतृत्व समाजवादी पार्टीको बैठक बस्दै

बैठकमा संगठन निर्माण, केन्द्रीय समिति पुनर्गठन, नेता तथा कार्यकर्ताहरुको कार्यविभाजन लगायत विषयमा छलफल हुनेछ। स्रोतका अनुसार सो बैठकमा आगामी निर्वाचनको रणनीतिबारे निर्णय हुनेछ।

बाबुरामलाई नेकपा 'समाजवादी केन्द्र' बनाउन प्रचण्डको प्रस्ताव

सो भेटवार्तामा प्रचण्डले भट्टराईलाई पार्टी एकता गरी नेकपा (समाजवादी केन्द्र) बनाउन प्रस्ताव गरेको स्रोतले बताएको छ। यस्तै भट्टराईले आफू कम्युनिष्ट पार्टीमा नफर्कने बताए पनि छलफल गरेर अगाडि बढ्ने प्रतिक्रिया दिएका छन्।

बाबुराम भट्टराईको सपना चकनाचुर भयो: उपेन्द्र यादव

‘पार्टी विभाजन गरेर मधेसको मुद्दालाई कमजोर बनाउन लागिपरेका बाबुराम भट्टराईजीलाई पदमुक्त गरेर उहाँको सपना चकनाचुर गरिदियौं अध्यक्ष यादवले भने, ‘अब पार्टी थप अनुसाशीत, संगठित र चुस्त रुपमा अघि बढ्छ।’ पार्टी विभाजन गरी मधेसको मुद्दा कमजोर बनाउन भट्टराईजी लागिपर्नु भएको थियो, यादवले भने, ‘आवश्यक संख्या नपुगेर उहाँ आफैं परास्त हुनुभयो।’ जसपा फुटाउने वा अर्को दर्ता गराउने उहाँको सपना चकनाचुर भएको छ’ यादवले भने, ‘गलत मनशायले पार्टी विभाजनको प्रयास असफल भएपछि भट्टराईजी नयाँ पार्टी दर्ता गराउने प्रयासमा छन्।’

एकल अध्यक्ष बनाउन विधान संशोधन

‘परिषद् अध्यक्ष भट्टराई र उनलाई काठमाडौंमा जारी बैठकमा विशेष रूपमा साथ दिने आठजना गरी जम्मा नौजनालाई कारबाहीको प्रस्ताव भएको छ,’ मन्सुरले भने, ‘प्रस्तावहरूउपर निर्णय हुन बाँकी रहेको छ। क्रमशः प्रस्तावित विषयहरूको निर्णय भइरहेको छ, एकसाथ पार्टीले सार्वजनिक गर्नेछ।’

उपेन्द्रले अहंकार गरे, उनमा पदको लोभ देखियोः बाबुराम भट्टराई

‘श्रीलंकामा राजापक्ष परिवारमा जे गरेपनि हुन्छ भन्ने अहंकार आएपछि देश कस्तो भयो, उनीहरुले जति भ्रष्टाचार गरे, आसोपासेलाई पदमा राखेर आएको परिणाम नेपालमा त भएको छैन? यहाँ प्रत्येक पार्टीभित्र त्यही किसिमको आसेपासो भएको छ। राज्यसत्तामा गएकोले राज्य सत्ताको दुरुपयोग गरेको छ। सत्तामा जाने भनेकै लुटेर धन कमाउने भएको छ। धन प्रयोग गरेर चुनाव जित्ने र फेरि राज्य सत्तामा पुगेर राज्यसत्ताको दुरुपयोग गर्ने यो दुःष्चत्रमा नेपाल फसेको छ। नेपाल पनि त्यही गम्भीर संकटमा छ।’

फुटको संघारमा जसपा: लुम्बिनीमा को बलियो?

जनता समाजवादी पार्टी विभाजन गर्ने सहमति भएपछि दुई पक्षबीच नेता तथा कार्यकता ताना-तान सुरु भएको छ।

कांग्रेसले बुद्धि बिगार्‍यो, माओवादीले ढाँट्योः डा. भट्टराई

जनता समाजवादी पार्टी (जसपा)का संघिय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले स्थानीय तह निर्वाचन २०७९ मा गृह जिल्लामा अपेक्षा अनुसार नतिजा आउन नसकेको बताएका छन्।

निजगढ विमानस्थल नबने नेपालको विकासलाई दूरगामी असर पार्छ: भट्टराई

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निजगढ अन्तराष्ट्रिय विमानस्थल बनाउने निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलाले नेपालको विकासमा ठूलो दूरगामी असर पार्ने टिप्पणी गरेका छन्।

युक्रेनको घटनाबाट पाठ सिकौँ: डा. भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा नयाँ शीतयुद्धको छायाँ मडारिरहेको बताएका छन्।

भट्टराईको नजरमा राजनीतिक दल एउटै पेन्सिलका फरक टुक्रा

जनता समाजवादी पार्टी (जसपा) को सङ्घीय परिषद्को एक दिवसीय बैठक राजधानीमा जारी छ।

डा. भट्टराईद्वारा संसदबाट एमसीसी पारित गराउन साथ नदिए तत्काल सरकार छोड्न प्रचण्डलाई आग्रह

सत्तासाझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संसदबाट एमसीसी पारित गराउन साथ नदिने भए तत्काल सरकार छोड्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन्।

जसपा विवादः शीर्ष नेताको बैठकले पनि निकालेन निष्कर्ष

आइतबार जसपाका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव तथा नेताहरू अशोक राई, राजेन्द्र श्रेष्ठ र महेन्द्र यादवबीच बैठक बसेको थियो। जसपामा यी पाँच नेतालाई शीर्ष नेता भन्ने गरिएको छ।

जसपा र लोसपा लचिलो

प्रतिनिधिसभामा जसपाका १९ र लोसपाका १३ सांसद छन्। जसपाका दुई सांसद रेशम चौधरी र हरिनारायण रौनियार निलम्बित छन्। चौधरीले भने जसपा छाडेर नयाँ पार्टी घोषणा गरेका छन्।

तत्काल बैठक बोलाउन उपेन्द्र यादवलाई दबाब

तत्काल बैठक नबोलाए दुर्घटना हुनसक्ने उनीहरूको चेतावनी छ। राष्ट्रियसभाको चुनाव सम्पन्न भइसकेको अवस्थामा अब तत्काल बैठक बोलाउनुबाहेक अर्को विकल्प नभएको उनीहरूको भनाइ छ। अध्यक्ष यादव भने तत्काल बैठक बोलाउने पक्षमा देखिएका छैनन्।

एमालेलाई सजायँ दिनमात्र बाँकी छ: भट्टराई

अध्यक्ष भट्टरार्ईले महिनौंसम्म संसद अवरुद्ध पारेर एमाले अध्यक्ष केपी ओलीले आफूलाई अझै पनि प्रतिगमनकारी कित्तामै उभ्याएको तर्क गरे। गत वर्षको पुस ५ यता प्रतिगामी दिशामा रहेका ओली अहिले पनि त्यसैमा हुनुहुन्छ भन्ने प्रमाण नै संसद अवरुद्ध गरिरहनु रहेको उनको भनाइ थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्