१७ असार २०८१ सोमबार
image/svg+xml

हेलामा कोभिड–१९ विरुद्ध लड्ने हामी स्वास्थ्यकर्मी

केन्द्र सरकारका प्रत्येक कर्मचारीले सय प्रतिशत भत्ता पाए। प्रदेश सरकारका प्रशासनसम्मका कर्मचारीले ७५ प्रतिशत भत्ता पाए। स्थानीय सरकारका फ्रन्टलाइनमा काम गर्ने कर्मचारीले २५ प्रतिशत मात्र भत्ता पाउनु सम्मानजनक हुँदै होइन। अहिले हामी स्थानीय स्वास्थ्यकर्मीलाई मुखमा लक र रकममा डाउन गरी लकडाउन गरिएको छ।

नाचागान र इन्टरनेटमा दिन बिताउँछन् क्वारेन्टिन बस्नेहरु

गोरखा नगरपालिका १० टक्सारको मनकामना बहिरा आवासीय विद्यालयको क्वारेन्टिनमा बसेकाहरु हरेक बिहान डेढदेखि दुई घण्टा ब्यायाम गर्छन् ।

‘स्वास्थ्यकर्मीको मनोबल उच्च बनाऔँ’

सांसदहरूले कोरोना महामारीको समयमा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीमाथि भइरहेका कुटपिट र दुव्र्यवहारलाई तत्काल रोक्न सरकारसँग माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनीहरूले त्यस्ता गलत कामले रोग संक्रमण बढ्ने र नकारात्मक सन्देश जानेतर्फ सचेत रहन आग्रह गरेका छन्। उनीहरूले स्वास्थ्यकर्मीको सुरक्षाको पूर्ण प्रत्याभूति दिन जोड दिए ।

स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि कर्णाली अस्पताल सील

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ड्यूटिमा खटिएका ४ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि अस्पताल सिल गरिएको छ ।

गण्डकी प्रदेश : कोरोनाको वृद्धिदर डरलाग्दो

अरु प्रदेशको तुलनामा गण्डकी प्रदेशमा कोराना भाईरस संक्रमणको गति सुरुवातताका केही कमजोर थियो । चैतको पहिलोसाता बागलुङमा दुईजनामा संक्रमण देखिएपनि जेठको मध्यसम्म प्रदेशभित्र संक्रमित निकै नै कम संख्यामा थिए । यतिसम्मकी जेठ मध्यसम्म प्रदेशमा संक्रमितको संख्या एक अंकमा सिमित थियो ।

कर्णालीका १० स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

सर्पदंशका एक बिरामी क्वारेन्टिनबाट जेठ २८ गते प्रदेश अस्पताल कालागाउँको आकस्मिक कक्षमा उपचार गराउन पुगे । झुक्याएर आकस्मिक कक्षमा गएका ती विरामीबिरामीमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो । यति मात्र होइन जेठ ३१ र ३२ गते उक्त अस्पतालमा उपचार गराइरहेका सुर्खेतका एक र दैलेखका दुईजना बिरामीमा पनि कोरोना देखियो ।

दक्षिण अफ्रिकामा ३५ सयभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित

कोरोना भाइरसबाट दक्षिण अफ्रिकामा ३५ सयभन्दा बढी स्वास्थ्यकर्मी नै संक्रमित भएका छन् । स्वास्थ्यमन्त्री ज्वेली एमखिजाले दिएको जानकारीअनुसार देशभर कुल तीन हजार पाँच सय ८३ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । तीमध्ये ३४ स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।

कर्णाली प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीसहित ८ जनामा कोरोना पुष्टि

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत चार जना स्वास्थ्यकर्मीसहित ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्यकर्मी बाहेकका चार जना जिल्ला बाहिरको भएपनि जुम्लामा अन्य पेशा व्यवसायमा संलग्न भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ ।

रिपोर्ट नआउँदा स्वास्थ्यकर्मी अस्पतालमै थुनिए, सबै सेवा ठप्प

चारदिनअघि एकहप्ताको समयमा दुई चिकित्सक, दुई स्टाफ नर्स र एक कार्यालय सहयोगी गरी पाँच जना स्वास्थ्यकर्मीको रिपोर्ट कोरोना पोजेटिभ देखियो। कोरोना पोजेटिभ देखिएका स्वास्थ्यकर्मीले असार २ गतेदेखि ४ गतेसम्म बिरामी चेकजाँच गरेका थिए।

अनुभव साट्दै विरामीको उपचारमा फर्किए कोरोना जितेका स्वास्थ्यकर्मी

कोरोना संक्रमण जितेर फर्केका धनकुटा अस्पतालका स्वास्थ्यकर्मीहरु काममा फर्केका छन् । आईसोलेसनमा उपचार पछि कोरोना मुक्त भएका उनीहरु १४ दिनको पुन होम क्वरेन्टिनपछि काममा फर्केका हुन् । सामाजिक दुरी कायम गर्ने र सुरक्षित विधि अपनाउदै काममा फर्केकी स्टाफ नर्स शिला सुब्बाले अब कोरोना जितेर आएको उच्च मनोबलसँगै अस्पतालमा आउने बिरामीलाई समेत सिकाउदै काममा फर्केकी बताईन ।

महिला क्वारेन्टिनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीपनि महिला

पोखरामा महिला क्वारेन्टिन स्थापना गरिएको छ । विदेशबाट फर्किएका महिलालाई मात्रै राख्नेगरि पोखरा–३ नदीपुरस्थित पद्म नर्सिङ हस्पिटलमा महिला क्वारेन्टिन स्थापना गरिएको हो । बुद्ध हस्पिटलका नाममा स्थापना गरिएको हस्पिटललाई गत वर्ष मात्रै पद्म नर्सिङ हस्पिटलले खरिद गरेर आफ्नै नाममा हस्पिटल सञ्चालन गर्ने तयारी गरिरहेका बेला क्वारेन्टिन बनाइएको हो ।

अग्रपंक्तिमा खटिने महिला स्वास्थ्यकर्मी समस्यामा

कोरोना भाइरस (कोभिड–१९)को महामारीविरुद्ध अग्रपंक्तिमा खटिएका छन् स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी। सञ्चारकर्मी र सुरक्षाकर्मीको तुलनामा स्वास्थ्यकर्मी बढी जोखिममा छन्।

कोरोना महामारी : अग्रपंक्तिमा खटिने महिला स्वास्थ्यकर्मी समस्यामा

कोरोना भाइरस (कोभिड-१९) को महामारीविरुद्ध अग्रपंक्तिमा खटिएका छन् स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी । सञ्चारकर्मी र सुरक्षाकर्मीको तुलनामा स्वास्थ्यकर्मी बढी जोखिममा छन् ।

होटलमा क्वारेन्टिन बस्दा टोलबासीको अवरोध

जेठ १५ मा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा पहिलोपटक एकजना कोरोना संक्रमित महिलालाई भर्ना गरियो। स्याङजाबाट ल्याइएकी ती महिलालाई आइसोलेसनमा राखेपछि त्यहाँ खटिएका स्वास्थ्यकर्मीलाई भने होटलमा पठाउन थालियो।

धरानमा पनि युवाहरूको प्रर्दशनः स्वास्थ्यकर्मीलाई ताली, प्रहरीलाई सल्युट

भानुचोकमा भएको प्रर्दशनको क्रममा युवाहरूले विभिन्न नारा लेखिएको प्ले कार्डहरू पनि प्रर्दशन गरेका थिए । राष्ट्रिय गीत र राष्ट्रिय झण्डासहित युवाहरू भेला भएका थिए । प्रर्दशनको क्रममा युवाहरूले कोरोना महामारीको बेला उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूको लागि सम्मानको लागि ताली बजाएका थिए । यस्तै, सुरक्षामा खटिएका प्रहरीहरूको लागि पनि सम्मान दर्शाउदै सल्युट पनि गरेका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्