coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धरानमा पनि युवाहरूको प्रर्दशनः स्वास्थ्यकर्मीलाई ताली, प्रहरीलाई सल्युट

कोरोना नियन्त्रणमा सरकारले खर्च गरेको रकम पारदर्शी गर्नुपर्नेलगायत मागहरू राखेर धरानमा पनि युवाहरूले प्रर्दशन गरेका छन् ।

भानुचोकमा भएको प्रर्दशनको क्रममा युवाहरूले विभिन्न नारा लेखिएको प्ले कार्डहरू पनि प्रर्दशन गरेका थिए । राष्ट्रिय गीत र राष्ट्रिय झण्डासहित युवाहरू भेला भएका थिए । प्रर्दशनको क्रममा युवाहरूले कोरोना महामारीको बेला उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूको लागि सम्मानको लागि ताली बजाएका थिए । यस्तै, सुरक्षामा खटिएका प्रहरीहरूको लागि पनि सम्मान दर्शाउदै सल्युट पनि गरेका थिए ।

राजधानीबाट शुरु भएको सरकार विरोधी प्रर्दशन देशव्यापी हुने क्रममा धरानमा पनि भएको हो । हिजो शुक्रबार साँझ पनि युवाहरूले धरानमा प्रर्दशन गरेका थिए । आयोजक विना नै सामाजिक सञ्जालमा आह्वान गरेर युवाहरू प्रर्दशनमा सहभागी भएका हुन् ।

प्रकाशित: ३१ जेष्ठ २०७७ १२:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App