२५ पुस २०८१ बिहीबार
image/svg+xml

साहित्यको अर्थ

साहित्य एक व्यापक विधा हो, यसमा लेखकहरुलाई संरचनागतबाहेक अन्य बन्धनमा बाँध्न खोजिँदैन। यो जतिपनि फैलिन सक्छ, जुनसुकै कुनामा गएर बस्नसक्छ। अर्कोतिर अर्थशास्त्र तथ्याङ्कहरुमा, स्थापित सिद्धान्तहरुमा वा गणित प्रयोग गरेर बनाइएका मोडेलहरुमा आधारित भएर सावधान भएर बोल्नुपर्ने क्षेत्र हो।साहित्य र अर्थशास्त्र नदीका दुई किनार भने होइनन् ।

शोभा ज्ञवालीको 'सम्पूर्ण आकाश' बजारमा

‘सम्पूर्ण आकाश’मा मूलतः मध्यम वर्गीय नेपाली महिलाका भोगाइ छन्। सबैजसो कथा आफैंले भोगेका, देखेका, सुनेका घटना भएको कथाकार बताउँछिन्।

सञ्जीव उप्रेतीको ‘हंस’लाई पद्मश्री

२०७६ को पद्मश्री साहित्य पुरस्कार समालोचक तथा उपन्यासकार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ ले पाएको छ ।

पद्मश्री पुरस्कार उप्रेतीलाई, प्रश्रितलाई पद्मश्री साधना सम्मान

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले यस वर्षको पद्मश्री साहित्य पुरस्कार समालोचक तथा उपन्यासकार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ लाई प्रदान गर्ने निर्णय गरेको छ।

हिंसाका ज्वारभाटामा अस्मिताको यात्रा

उपन्यास समसामायिक, हृदयस्पर्शी, पठनीय र कलात्मक छ। हामी बसेकै वरिपरि यस्ता घटना भइरहेका त छैनन् भनी सोच्न बाध्य बनाउनु यस उपन्यासको सफलता हो।

आञ्चलिकता र नेपाली साहित्य

पहिचानका नाममा भावना, आक्रोश, प्रतिशोध र तात्कालिक प्रतिक्रिया मात्रै व्यक्त गर्ने अनि आञ्चलिकताका नाममा कुनै भूक्षेत्रका खोला, वन, जाति आदिको सामान्य उल्लेखले मात्रै पुग्दैन। अरुले जे उत्पादन गरिरहेका छन्, त्यसैको सस्तो नक्कली माल उत्पादन गरेर ग्राहक झुक्याउन खोज्ने तहमा हामी छौँ।

साहित्य र पत्रकारिताबीच सहकार्य आवश्यक : कवि विनोदी

वरिष्ठ कवि गोविन्दराज विनोदीले साहित्य र पत्रकारिताबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।

साहित्यकार रिजाललाई गर्गश्री सम्मान

गर्गाचार्य सामुदायिक विश्व भाषा पुस्तकालय विराटनगरले साहित्यकार रमाप्रसाद रिजाललाई गर्गश्री सम्मानबाट सम्मानित गरेको छ ।

एनआरएन भाषा साहित्य समितिले भानु जयन्ती भर्चुअलरुपमा मनाउने

भानु जयन्तीको अवसरमा गैर आवासीय नेपाली संघ भाषा ,साहित्य, संस्कृति तथा सम्पदा प्रबर्द्दन समितिले भर्चुअल साहित्यिक कार्यक्रम गर्ने भएको छ। समितिका अध्यक्ष हिक्मत थापाका अनुसार

साहित्य र राष्ट्रियता

नेपाली वाङ्मय आज एउटा विशाल वटवृक्ष बनेको छ र यसको विकासमा नेपाली मातृभाषी बाहुन/छेत्रीको मात्र होइन, अन्य धेरै जातजातिको पनि ठूलो योगदानछ।

‘साहित्य सन्ध्या अभियान आफैँमा इतिहास बनेको छ’

साहित्य सन्ध्याको बन्दाबन्दीका कारणले खुलारूपमा गर्न नसकिएको नियमित मासिक ४०६ औँ शृङ्खला असार शनिबार भर्चुअल माध्यमबाट प्रविधिमैत्री राष्ट्रिय कवि गोष्ठी सम्पन्न भएको छ । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा कवि गोष्ठी भएको हो । वरिष्ठ कवि विधान आचार्यको प्रविधि संयोजनमा सन्ध्याकी सदस्य जयन्ती स्पन्दनले कार्यक्रम सञ्चालन गरेकी थिइन् । गोष्ठीमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तथा साहित्य सन्ध्याका परिकल्पनाकार गङ्गाप्रसाद उप्रेतीको प्रमुख अतिथिका रूपमा उपस्थिति रहेको थियो ।

कला शिक्षाको पाठ्यक्रम परिवर्तन गर्न विज्ञहरूको सुझाव

कोरोना कहरका कारण चैत ११ गतेदेखि मुलकमा ‘लकडाउन’ छ । सरकारले अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरू बन्द गरेको छ । प्रायःजसो मानिसहरु घरभित्रै छन् । कला साहित्यप्रति रुची राख्नेहरू साहित्यिक पुस्तकको अध्ययन गरेर समय बिताइरहेका छन् । त्यस्तै कला क्षेत्रमा लागेका व्यक्ति भने चित्र, गीत संगीतलाई आफ्नो दैनिकी बनाएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्