हाजमोला
– जिचेन स्याङतान
जनता भन्छ–
सरकार !
म भोकै छु
हर्दम
सारङ्गी बजिर’न्छ
पेटभित्र,
कस्तो हुन्छ ?
नुनिलो÷पिरो ?
स्वादसमेत बिर्सिसक्यो
जिब्रोले,
प्रत्युत्तरमा
सरकार भन्छ–
लाऊ
हाजमोला खाऊ
जे जे आउँछ
मजाले पचाउँछ ।
यो पनि पढ्नुहोस्
लेखपढ गर्दै घरमै रमाउँदैयो पनि पढ्नुहोस्
अफिस जान थालेपछि श्रीमतीसँग ‘सामाजिक दूरी’प्रकाशित: १६ जेष्ठ २०७७ १५:०७ शुक्रबार