७ वैशाख २०८१ शुक्रबार

‘जानकी साहित्यिक पुरस्कार’ भण्डारीलाई

गुल्मीका साहित्यकार ठाकुर शर्मा भण्डारीलाई जानकी साहित्यिक पुरस्कार-२०८० प्रदान गरिने भएको छ।

चौतारीमा ‘राजा’ भेटियो !

गृहमन्त्रीको हातबाट प्राप्त हुने ताजा–ताजा लड्डु लोकतन्त्रको अपूर्व उपलब्धि हो। अब लोकतन्त्रको नयाँ गीत पनि लेखिनुपर्छ–चौतारीमा गृहमन्त्री भेटियो...!

‘स्रष्टा चैत्र ३०’ सम्मान पौडेल र मालीलाई

लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरण गर्र्दै ‘स्रष्टा चैत्र ३०’ अभियानले २०८० सालको सम्मान साहित्यकारद्वय ज्ञानुवाकर पौडेल र लक्ष्मी मालीलाई प्रदान गरेको छ।

इलाममा लेकाली सम्मानित

इलाम साहित्य महोत्सव २०८० को अवसरमा इलाम नगरपालिकाले साहित्यकार राधेश्याम लेकालीलाई नगद पन्ध्र हजार राशिसहित सम्मान गरेको छ।

सम्पन्न भयाे तेस्रो आदित्य मोक्षधाम काव्य गोष्ठी

‘तेस्रो आदित्य मोक्षधाम काव्य गोष्ठी’सम्पन्न भएको छ। साहित्यिक पत्रकार संघ र आदित्य मोक्षधामको संयुक्त निमन्त्रणामा राजधानीबाट गएका कविहरू र बनेपाका कविहरूले दुई चरणमा कविता वाचन गरेका थिए।

वरिष्ठ साहित्यकार सुवेदीको निधन

वरिष्ठ साहित्यकार तथा प्राज्ञ दधिराज सुवेदीको निधन भएको छ। उनको ७८ वर्षको उमेरमा आज बिहान मोरङको विराट मेडिकल कलेज एन्ड टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

अविरल जनसाहित्य यात्रामा पौडेलका कविता

राष्ट्रिय जनसाहित्यिक सङ्घ,नेपालको ‘अविरल जनसाहित्य यात्रा–८८’ मा शनिबार प्रगतिवादी कवि भवानी पौडेलका कविता प्रस्तुत गरिएको छ।

कथाकार पौडेललाई मैनाली कथा पुरस्कार

साहित्यिक पत्रकार संघले आगामी त्रिचालिसाैं कथा दिवसको अवसरमा कथाकार नरेन्द्रराज पौडेललाई मैनाली कथा पुरस्कार –२०८० प्रदान गर्ने निर्णय गरेको छ।

तीन जनालाई झपट पुरस्कार

कविता, काव्य, आख्यान, नाटक, निबन्ध र प्रबन्ध सिर्जनाका माध्यमबाट नेपाली साहित्य श्रीवृद्धिमा योगदान पुर्‍याएवापत प्राज्ञ कञ्चन पुडासैनीलाई २०८० सालको ‘झपट पुरस्कार’ समर्पण गर्ने निर्णय गरिएको छ।

सम्पन्न भयाे श्रीमद्भागवत ज्ञान-विज्ञान महायज्ञ

साहित्य, संस्कृति र पर्यटनको सङ्गम सङ्कल्प धाम स्थापना गर्ने सिलसिलामा साहित्य संवर्द्धन केन्द्र नेपालले भव्य कलश यात्राबाट प्रारम्भ गरेको श्रीमद्भागवत महापुराण समापन भएकाे छ।

कला–साहित्यको संगमस्थल बन्यो कनकाई महोत्सव

रोटरी क्लब अफ कनकाईको आयोजनामा यही फागुन १४ देखि १६ गतेसम्म कनकाईको व्यापारिक केन्द्र सुरुङ्गामा कनकाई कला, संस्कृति तथा साहित्य महोत्सव सम्पन्न भएको छ।

साहित्यकार प्राडा रामप्रसाद ज्ञवालीलाई पूर्णिमा साहित्य रत्न सम्मान

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले वरिष्ठ समालाेचक, साहित्यकार प्राडा रामप्रसाद ज्ञवालीलाई पूर्णिमा साहित्य रत्न -२०७९ पुरस्कारबाट सम्मान गर्ने भएकाे छ।

भरत जंगमको ‘कालो सूर्य’ उपन्यास चित्रमा

विश्वका विभिन्न चौध भाषामा प्रकाशित वरिष्ठ साहित्यकार भरत जंगमको बहुचर्चित उपन्यास ‘कालो सूर्य’ को चित्रमा प्रदर्शनी शुभारम्भ भएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्