१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

बिहानै उपत्यकाका सबै प्रहरी चौकी किन पुगे गृहमन्त्री सुदन ?

नयाँ सरकार गठनसँगै राजनीतिक माहौल तातिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेलगत्तै हिजो चार निर्णय गरेका थिए ।  

ती निर्णयमध्येको महत्वपूर्ण थियो- गौरीबहादुर कार्की नेतृत्वमा बनेको आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्ने । यो प्रतिवेदन कार्यान्वयनको विषय भनेको जेन-जी आन्दोलन र आन्दोलनका दोषीलाई कारबाही गर्ने थियो ।  

यो विषय राजनीतिक रुपमा पेचिलो भनिए पनि गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका सुदन गुरुङले बिहानै सफल बनाए । उनले रातभर सुरक्षा निकायका अधिकारीसँग छलफल गरे, सुरक्षा अवस्थाको जानकारी लिए, दोषी मानिएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ गर्दा हुनसक्ने सम्भावित घटनाक्रम आँकलन गरे । विगतका सरकारले रातारात कुनै अभियोगमा पक्राउ गर्ने गरेको थियो भने यो सरकारले राति परिवारसँग बस्न दियो र बिहानै ओली र लेखकलाई पक्राउ गर्‍यो ।  

रातभर ओली र लेखकको घर परिवार सुरक्षाअवस्थाको आँकलन गरेर प्रहरी परिचालन गरिएको थियो भने दिउँसो हुनसक्ने सम्भावित घटनाको अध्ययन गर्दै आवश्यक जनशक्ति खटाउन छापामार शैलीमै गृहमन्त्री परिचालन भए ।  

आफैँ बिहानै काठमाडौं उपत्यकाका अधिकांश प्रहरी चौकी पुगे । उनले त्यहाँ रहेका प्रहरी अधिकारीको मनोबल बढाए र सकारले दिने आदेशमा खरो उत्रन निर्देशन पनि दिए ।  

विगतमा मन्त्रालयबाट आउने आदेश र अन्तिममा दोषी फिल्डमा खटिएको जवान देखाइने परिपार्टीले आजित भएका सुरक्षाकर्मी पनि बिहानै आफ्नो कार्यालयमा आफ्नै कमाण्डरको शैलीमा गृहमन्त्री आएपछि हौसला बढेको बताउँछन् ।  

गृहमन्त्री गुरुङले प्रहरी कार्यालयमा पुगेर त्यहाँको अवस्थाबारे सोधपुछ गर्दै पछिल्लो सम्भावित घटनाक्रमबारे बताएका थिए ।  

उनले एमाले अध्यक्ष तत्कालीन प्रधानमन्त्री ओली र कांग्रेस नेता तत्कालीन गृहमन्त्री पक्राउ परेपछि एमाले र कांग्रेसले गर्नसक्ने प्रदर्शन, त्‍यो प्रदर्शनको अवस्था र गाम्‍भिर्यता हेरेर बुझेर काम गर्न निर्देश गर्दै हाइअलट गरेका थिए ।  

गुरुङको आँकलनसँगै एमालेले बिहानैदेखि विभिन्न ठाउँमा प्रदर्शन गरेको छ भने सचिवालय बैठकबाट ओली पक्राउको प्रतिकार गर्ने निर्णय गरेर सडक उत्रने भएको छ भने कांग्रेस अहिलेसम्म निर्णयविहीन छ ।  

प्रकाशित: १४ चैत्र २०८२ १४:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App