१) मुक्तक
पटकपटक धोका दिई पछ्याउँदै आयौ किन
दिन केही नजानेर लिन मात्रै धायौ किन
एकै सिरान गरी सुत्ने विश्वासघात गर्न थाले
एउटै घाम ताप्छौं भनी व्यर्थ साइनु लायौ किन?
२) मुक्तक
सम्झना छ एकान्तमा लुक्दै हामी बोलेका कुरा
बाआमालाई समेत छल्दै मनका पीडा खोलेका कुरा
नारी हुँ म पुरुष जस्तो छिट्टै कहाँ बिर्सन्छु र
बुटका लात र अङ्गअङ्ग अगुल्टाले पोलेका कुरा।
३) मुक्तक
तिम्रा घरमा जेजे दियौ त्यही खाएकी छु
वर्षौं वर्ष एउटै लुगा टाल्दै लाएकी छु
दाइजोको कारणबाट कति हिंसा गर्छौ
दाइजोभन्दा लाखौं बढी आफैं आएकी छु।
४) मुक्तक
जहाँ हुन्छ जन्म संस्कार भरणपोषण हुन्छ
त्यहाँ तिम्रो केही हुन्न अन्तै शरण हुन्छ
सृष्टिकर्ता जननी हौ गौरव छैन तर
छाती योनी कारण बनी अकाल मरण हुन्छ।
५) मुक्तक
पटकपटक धोका दिई पछ्याउँदै आयौ किन
दिन केही नजानेर लिन मात्रै धायौ किन
एकै सिरान गरी सुत्ने विश्वासघात गर्न थाले
एउटै घाम ताप्छौं भनी व्यर्थ साइनु लायौ किन?
प्रकाशित: १४ चैत्र २०८२ १३:५९ शनिबार




