४ वैशाख २०८१ मंगलबार
कला

शोभा ज्ञवालीको 'सम्पूर्ण आकाश' बजारमा

अन्य क्षेत्रमा जस्तै पछिल्लो केही दशकयता साहित्यिक क्षेत्रमा पनि महिलाको सहभागिता बढ्दो छ। साहित्यका विविध विधामा नारीको कलम सक्रिय हुन थालेका छन्। यही शृंखलामा कथाकारका रूपमा उदाएकी छन्– शोभा ज्ञवाली।  

उनले लेखेका कथा संगालो ‘सम्पूर्ण आकाश’ भर्खरै बजारमा आएको हो। 

कथाकार ज्ञवालीका अनुसार यसमा विशेषगरी आफूले ‘नागरिक’ दैनिक र ‘परिवार’ मासिकमा लेखेकामध्ये २५ कथा समेटिएका छन्।  

‘सम्पूर्ण आकाश’मा मूलतः मध्यम वर्गीय नेपाली महिलाका भोगाइ छन्। सबैजसो कथा आफैंले भोगेका, देखेका, सुनेका घटना भएको कथाकार बताउँछिन्।

कथा संग्रहमा माया पिरतीका उकाली–ओराली, जातीय भेदभाव, निःस्वार्थ समाज सेवा, सत्कर्मका लागि प्रेरणालगायतका विषयवस्तुलाई केन्द्रमा छन्।  

प्रत्येक कथाको आरम्भमा दिइएको आकर्षक चित्रले कथाप्रति कौतुहल जगाउन भूमिका खेलेका छन्।  

नवोदित कथाकारको कृतिलाई मञ्जरी पब्लिकेसन्सले बजारमा ल्याएको हो।  

कथा संग्रहको नाम : सम्पूर्ण आकाश  

कथाकार  : शोभा ज्ञवाली  

प्रकाशक : मञ्जरी पब्लिकेसन्स  

पृष्ठ संख्या : २३२ ।

मूल्य : रु. ३८५।–  

प्रकाशित: १ कार्तिक २०७७ ०९:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App