८ वैशाख २०८१ शनिबार

सगरमाथामा प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिकलाई सम्मान

विश्वको सर्वोच्च शिखर सगरमाथाको आठ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिक ली सानटाओलाई सम्मान गरिएको छ। बाबु एडभेन्चर प्याराग्लाइडिङ, सेभेन समिट ट्रेक्स प्रालि र नेपाल विग माउण्टेन ट्राभस कम्पनीले उनलाई बुधबार सम्मान गरेको हो।

माउन्ट एल्ब्रस आरोहणको अनुभवः आरोही शेर्मा

‘हाँस्दा हाँस्दै रुनुपर्ने अनौठो अनुभूति हुँदोरहेछ, एल्ब्रसको चुचुरो चढ्दा त्यस्तै भयो’, हिमाल आरोहण सकेर मंगलबार काठमाडौं ओर्लिएका आरोही शेर्माले भने,‘क्षणभरमै बदलिरहने मौसमका कारण कतिबेला के हुन्छ अनुमान लगाउनै नसकिने रहेछ।’

हिमाल आरोहण शुल्क बढाउने तयारी

कुनै पनि विदेशी नागरिकले ८ हजार मिटरभन्दा धेरै उचाइ भएका हिमाल आरोहण गर्न चाहेमा वसन्त ऋतुमा १ हजार ८ सय अमेरिकी डलर र शरद ऋतुमा ९ सय अमेरिकी डलर तिर्नुपर्ने व्यवस्था छ।

सगरमाथाको चुचुरोमा साढे ९ मिटर हिँउ, कति हो त हिउँ बाहेकको उचाई ?

सगरमाथा चुचुरोमा हिउँको गहिराइ साढे ९ मिटर पुगेको छ। सगरमाथाको चट्टानको भागबाट माथि साढे नौ मिटर हिउँ रहेको पछिल्लो अध्ययनले देखाएको छ।

सगरमाथाको उचाइमा हिउँको गहिराइ कति

सगरमाथा चुचुरोमा हिउँको गहिराइ कति होला भन्ने विषय सधैं चासोमा पर्दै आएको छ। यसअघिका अध्ययन नतिजा असंगत र अनिश्चित रहँदा विश्वको सबैभन्दा दुर्गम र उच्चतम स्थानको हिउँको गहिराइ यकिन हुन सकेको थिएन।

नेपाल र चीनबीचको सम्बन्ध सगरमाथाभन्दा अग्लो छः मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल र चीनबीचको सम्बन्ध सगरमाथा जस्तै अग्लो रहेको बताएका छन्।

सगरमाथाको काखमा शिक्षाको ज्योति

सर्वोच्च शिखर सगरमाथाका प्रथम आरोही एडमण्ड हिलारीले स्थापना गराएको खुम्जुङ माध्यमिक विद्यालयले जिल्लाको शैक्षिक विकासमा योगदान पु¥याउनुका साथै अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल भएको छ।

उदयपुरको ‘सगरमाथा विमानस्थल’: साढे १३ हजार रुख कटान

उदयपुरमा प्रस्तावित ‘सगरमाथा विमानस्थल’ निर्माण गर्न रुख कटान, छपान र संकलन कार्य अन्तिम चरणमा पुगेको छ ।

कांग्रेस सभापति देउवाद्वारा कीर्तिमानी आरोही बुढामगरलाई सम्मान

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी कीर्तिमान कायम गर्ने आरोही हरि बुढामगरले देशको गौरव बढाएको बताएका छन्।

आज सगरमाथाको चुचुरोमा मानव पाइला राखेको दिन

आज १६औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा सगरमाथाको ७० वर्षगाँठ मनाइँदै छ। विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक सफल आरोहण भएको आज ७० वर्ष पुगेको छ।

उपराष्ट्रपतिद्वारा पर्वतारोही बुढामगरलाई सम्मान

उपराष्ट्रपति रामसहायप्रसाद यादवले घुँडामाथिसम्म दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गर्न सफल भएका पर्वतारोही हरि बुढामगरलाई आज विशेष सम्मान गरेका छन्।

सगरमाथा आरोही बुढा मगरलाई सभामुख र उपसभामुखको बधाई

सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरले दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका हरि बुढामगरलाई बधाई दिएका छन्।

उत्साहले चढिएको सगरमाथा

पाँच वर्ष अगाडिको बुढामगरको त्यो सन्देश पाँच दिनदेखि संसारभर गुन्जदै छ। दुवै खुट्टा नभएका रोल्पा थवाङका ३८ वर्षीय हरिबहादुर बुढाले शुक्रबार दिउँसो सगरमाथा आरोहण गरेको खबरसँगै उत्साहको खबर फैलिएको छ।

सगरमाथा चढेर विश्व कीर्तिमान बनाइ फर्किए दुवै खुट्टा नभएका हरिबहादुर बुढा (तस्बिरहरू)

दुबै खुट्टा नभएका रोल्पा थवाङका ३८ वर्षीय हरिबहादुर बुढाले सगरमाथा चढेर विश्व कीर्तिमान कायम गरि आज काठमाडौं फर्किएका छन्।

२८औँ पटक सगरमाथाको चुचुरोमा कामिरिता

नेपाली हिमाल आरोही कामिरिता शेर्पा २८ औं पटक सगरमाथापको चुचुरोमा पुग्न सफल भएका छन्। उनले सबैभन्दा धेरे पटक सगरमाथा चढ्ने व्यक्तिको कीर्तिमानी पनि बनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्