२७ मंसिर २०८२ शनिबार
image/svg+xml
राजनीति

एमाले महाधिवेशनमा अन्य पार्टीका कोको नेता उपस्थित छन्?

नेकपा एमालेको ११ औँ महाधिवेशन सुरु भएको छ। शनिवार दिउँसो भक्तपुरको सल्लाघारीमा भव्य समारोहमा बिच एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गरे। रिमोटबाट राष्ट्रिय झन्डा र कम्युनिस्ट झन्डा फहराउँदै ओलीले महाधिवेशनको उद्घाटन गरेका हुन्।  

एमालेले महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विशेष निम्तो दिएको थियो। यस्तै नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाललगायतका सबैजसो पार्टीका नेतृत्वलाई महाधिवेशनको उद्घाटनमा एमालेले आमन्त्रण गरेको थियो।  

तर, कांग्रेस सभापति देउवा र नेकपा संयोजक दाहाल एमाले महाधिवेशनमा सहभागी भएनन्। सभापति देउवाले कार्यवहाक सभापति पूर्णबहादुर खड्कालाई पठाएका छन्।  

यस्तै नेकपाबाट नेता देव गुरुङ सहभागी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का महामन्त्री कवीन्द्र बुर्लाकोटी महाधिवेशनमा सहभागी बनेका छन् भने नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ सहभागी छन्।  

यस्तै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट,  लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का महासचिव, सुरेन्द्र झा, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लप’लगायतका अन्य पार्टीका नेता पनि एमाले महाधिवेशनको मञ्चमा उपस्थित छन्।  

प्रकाशित: २७ मंसिर २०८२ १४:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App