२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

२८औँ पटक सगरमाथाको चुचुरोमा कामिरिता

नेपाली हिमाल आरोही कामिरिता शेर्पा २८ औं पटक सगरमाथापको चुचुरोमा पुग्न सफल भएका छन्। उनले सबैभन्दा धेरे पटक सगरमाथा चढ्ने व्यक्तिको कीर्तिमानी पनि बनाएका छन्।

यस वर्षको वसन्त ऋतुमा पाँच सयले चढे सगरमाथा

पर्यटन विभागका अनुसार यो यामको जारी आरोहणमा आजसम्म आरोही तथा शेर्पा सहयोगी गरी पाँच सयले सगरमाथा आरोहण गरेका हुन्।

चार सय आरोही सगरमाथा शिखरमा

गत शनिबार आइसफल डाक्टरहरूले सगरमाथाको शिखरसम्म डोरी टाँग्ने काम सकेसँगै वसन्तकालीन आरोहण सुरु भएको हो। त्यसयता बिहीबारसम्म करिब ४ सय आरोहीले सगरमाथा आरोहण गरिसकेको जानकारी पर्यटन विभागका कार्यकारी अधिकृत विज्ञान कोइरालाले दिए।

सगरमाथा आरोहणको क्रममा १ चाइनीज आरोहीको मृत्यु

सगरमाथा आरोहणको क्रममा १ चाइनीज आरोहीको मृत्यु भएको छ। एटके एक्सपिसिडीसन एजेन्सीबाट सगरमाथा आरोहणमा गएका १ चाइनीज आरोहीको मृत्यु भएको म्यानेजर लाक्पा शेर्पाले बताए।

सगरमाथाको आठहजार मिटरबाट प्याराग्लाडिङ !

आठहजार मिटर उचाईसम्मका हिमाललाई आरोहणमा मात्र सिमित नराखि अन्य साहसिक गतिविधिमा पनि उपयोग गर्ने सरकारी योजना अनुरुप प्याराग्लाइडिङ उडानको परीक्षण सुरु भएको छ। त्यसै क्रममा सगरमाथाको आठहजार मिटर उचाईबाट एकजना चिनियाँ पाइलटले विहीबार बिहान सफलतापूर्वक प्याराग्लाइडिङ उडान भरेका छन्।

१६ वर्षीया चिनियाँ युवतीले गरिन् सगरमाथाको सफल आरोहण

यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा १६ वर्षीया चिनियाँ युवती शुई चो युआनले आरोहणमा सफलता प्राप्त गरेकी छिन्।

नेपाली सेनाको सफा हिमाल अभियानका १० जनाले गरे सगरमाथा आरोहण

नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल अभियान, २०२३ अन्तर्गत सगरमाथा तथा ल्होत्से हिमाल सफाइमा संलग्न टोलीका पाँच जना सैनिकसहित १० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन्।

पाकिस्तानी आरोही सगरमाथाको चुचुरोमा

थप दुई आरोही सगरमाथाको चुचुरोमा पुगेका छन्। आज बिहान ८ः०२ बजे नेपाली र पाकिस्तानी आरोही सगरमाथाको चुचुरोमा पुगेका हुन्।

मौसम सुधार भएपछि सगरमाथा आरोहण सुरु

आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) ले आज दिउँसो सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो।

सगरमाथामा हिउँको तहमा ह्रास

सगरमाथाका विभिन्न स्थानमा जडान गरिएका स्वचालित मौसम–मापन यन्त्रले सगरमाथाको उच्च भागको हिउँ तथा बरफ नपग्लीकन सिधै वाष्पीकरण (उध्र्वपातन) हुने गरेको र यसले तीव्र रूपमा हिउँको तहमा ह्रास आउनसक्ने देखाएका छन्।

अनुकूल मौसमको प्रतीक्षामा सयौँ सगरमाथा आरोही

सगरमाथा आरोहणको ढोका खुलाउने प्रतीक्षामा रहेका आइसफल डाक्टरजस्तै आरोहणको अनुकूल मौसमका लागि नेपाली र विदेशी गरी चार सयभन्दा बढी सगरमाथा आरोही प्रतीक्षारत छन्। उनीहरू सगरमाथाको आधार शिविर र दोस्रो शिविरमा सुखद आरोहणको पर्खाइमा छन्।

सगरमाथा आरोहणमा इतिहासकै बढी आरोही

पर्यटन विभागका अनुसार यस पालीको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि हालसम्म ४३ आरोही समूहका चार सय ६६ आरोहीले अनुमति लिएका छन्।

शारीरिक अशक्त भएकाहरुको आत्मबल बढाउन सगरमाथा आरोहण: हरि बुढा मगर

संसारमा गर्न नसकिने कुरा केही छैन तर आत्मबल र आत्मविश्वास भने अवश्य चाहिन्छ। आत्मविश्वास र आत्मबलका पर्याय हुन हरि बुढामगर।

कतारी राजकुमारी अलथानीले गरिन अन्नपूर्ण हिमालको आरोहण

कतारी राजपरिवारकी सदस्य शेखा अस्मा अलथानीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको सफल आरोहण गरेका छन्।

सगरमाथाको ७०औँ वर्षगाँठ मनाइँदै

विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा मानवले पहिलोपटक पाइला टेकेको ७० वर्ष पुगेको छ।दुई साहसी पर्वतारोही तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारी सन् १९५३ मे २९ तारिखमा सगरमाथाको शिखरमा पुगेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्