२७ मंसिर २०८२ शनिबार
image/svg+xml
राजनीति

निषेधका प्रत्येक प्रहार चिर्दै एमालेको जनलहर उर्लियो: केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धुवाँ, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै एमालेको पक्षमा जनलहर उर्लिएको बताएका छन् ।  

नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन समारोहलाई शनिबार भक्तपुरमा सम्बोधन गर्दै एमालेको सभामा उपस्थित मानिसहरूलाई मात्र एमाले हुने भन्ने ठान्न चेतावनी दिएका छन् ।  

एमालेको महाधिवेशनमा उपस्थित जनसागर सागरको एक थोपा मात्र भएको ओलीले बताए । नागरिकको यो उपस्थित लोकतन्त्र र एमाले प्रतिको जनविश्वास भएको ओलीले बताए । ‘लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्मरी छ’, उनले भने ।  

एमाले जस्तो लोकतन्त्र र जनताको हितमा समर्पित शक्तिलाई निर्णायक शक्ति बनाउनु पर्ने ओलीले बताए । सिङ्गो देशलाई समृद्ध र सुखी बनाउने गन्तव्य तर्फ नेकपा एमाले अघि बढेको उनले स्पष्ट पारे।

एमालेको सङ्कल्प कुनै राजनीतिक स्टनबाट नभएर साकार पार्न गरिएको प्रतिबद्धता भएको बताए । देशमा सुशासन र विकास चाहने सम्पूर्ण शक्तिले एमालेलाई साथ दिएका र दिने उनले दाबी गरे ।  

उनले कम्युनिष्ट पार्टी जति बलियो भयो त्यति नै राष्ट्रियता बलियो हुने बताए । आठ दशकको गौरवशाली यात्रामा नेपालको कम्युनिष्ट पार्टीले केही गौरवमय मानक स्थापित गरेको बताए ।  

एमाले समावेशिताको अगुवा भएको बताउँदै उनले राष्ट्रिय राजनीतिमा एमालेले सबै क्षेत्रको समावेशितालाई स्थापित गरेको जिकिर गरे । नेकपा एमाले नेपाली विशेषता सहितको समाजवाद निर्माणको अभियन्ता भएको ओलीले स्पष्ट पारे । एमाले गाउँमुखी र जनसहभागिता मूलक विकास तथा ठुला विकास योजनाको अभियन्ता समेत भएको ओलीले बताए । नेकपा एमाले स्वप्नद्रष्टा पार्टी समेत भएको उनले दाबी गरे ।

 

प्रकाशित: २७ मंसिर २०८२ १५:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App