२७ मंसिर २०८२ शनिबार
image/svg+xml
राजनीति

एमाले महाधिवेशन भव्य उद्‌घाटन : ओलीले रिमोटबाट झण्डा फहराए

नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन उद्‌घाटन भएको छ। शनिबार पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाट पार्टीको झण्डा फहराएर उद्‌घाटन गरेका छन्।

पार्टीका हजारौँ नेता कार्यकर्ता तथा जनसमुदायको उपस्थितिमा भक्तपुरको सल्लाघारीस्थित मैदानमा ओलीले महाधिवेशनको समुद्घाटन गरेका हुन्। ओलीले उद्‌घाटन गरेसँग पार्टीको ११ औँ महाधिवेशन औपचारिक रूपमा सुरु भएको छ।

महाधिवेशनको बन्दसत्र भोलि र पर्सि काठमाडौँको भृकुटीमण्डपमा हुँदैछ। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ।

प्रकाशित: २७ मंसिर २०८२ १३:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App