राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले नेपालका गणतन्त्रवादीले फ्रान्सको उदाहरण दोहो¥याएको टिप्पणी गरेका छन्। शनिवार नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै महासचिव भट्टले यस्तो बताएका हुन्।
‘हामी फ्रान्सका गणतन्त्रवादी जस्ता भयौँ,’ भट्टले भने, ‘मिलेर गणतन्त्र ल्यायौँ। ल्याएपछि लड्यौँ, त्यही गणतन्त्र कमजोर भयो।’
पछिल्लो समय जेनजी आन्दोलनका नाममा गणतन्त्र र गणतन्त्रवादीमाथि नै निसाना बनाएको उनले टिप्पणी गरे। उनले भने, ‘त्यसमा कस्लाई निसाना बनाइयो? भन्दा गणतन्त्रवादी शक्तिका कार्यालयहरू। जेनजी आन्दोलनका नाममा प्रहारको निसाना कसलाई बनाइयो? गणतन्त्रवादी नेताहरुलाई, त्यसबाहेकका कुनै शक्तिलाई घुनपुतलो लगाउने काम भयो? भएन।’
त्यसैले एमाले महाधिवेशनले गणतन्त्रवादीले गरेका कमजोरी भन्ने विषयमा छलफल हुने उनले अपेक्षा गरे।
प्रकाशित: २७ मंसिर २०८२ १४:१२ शनिबार





