नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले पुष्पकमल दाहाल `प्रचण्ड´ नेतृत्वको सरकार नढलेको भए देशमा जेन-जी आन्दोलनको अवस्था नआउने बताएका छन् ।
उनले प्रचण्ड नेतृत्वको सरकारले सुशासनलाई दृढताका साथ अघि बढाएकाले कांग्रेस र एमाले मिलेर सरकार ढालेको बताए ।
`प्रचण्ड नेतृत्वको सरकार नढलेको भए जेनजी आन्दोलन हुने थिएन्,´ शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रदेशस्तरीय पार्टी एकता सन्देशसभालाई सम्बोधन गर्दै श्रेष्ठले भने ।
श्रेष्ठले सबै कम्युनिस्ट पार्टीलाई एक ठाउँमा ल्याउने कामको नेतृत्व नेपाली कम्युनिस्ट पार्टीले गर्ने बताए । उनले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताए । शान्ति प्रक्रियालाई पूर्णता दिनका लागि जनताका आधारभूत आवश्यकता पूरा गर्नका लागि
राजनीति परिवर्तन भएपनि विकासको अनुभूति जनताले गर्न नपाएको बताउँदै अब जनताले परिवर्तनको अनुभूति गर्ने गरेर काम गर्नुपर्ने बताए ।
प्रकाशित: २७ मंसिर २०८२ १५:०५ शनिबार





