संगीतले डोर्याएको अनुरागी जीवन
संगीतले दुःख बिर्साउँछ। मानिसको मनलाई सुरमा बाँधेर राख्ने शक्ति संगीतमा हुन्छ। ‘संगीत मानवीय समवेदना र जीवनका हरेक परिस्थितिको सबैभन्दा प्रिय साथी पनि हो। संगीत बिनाको संसार उजाड र कुरूप हुन्छ’, उनले भने।
संगीतले दुःख बिर्साउँछ। मानिसको मनलाई सुरमा बाँधेर राख्ने शक्ति संगीतमा हुन्छ। ‘संगीत मानवीय समवेदना र जीवनका हरेक परिस्थितिको सबैभन्दा प्रिय साथी पनि हो। संगीत बिनाको संसार उजाड र कुरूप हुन्छ’, उनले भने।
लोकप्रिय गायक तथा संगीतकार भीम बिसीको ‘ऐना हेरी हेरी’ गीतको भिडियो छायाँकन सकिएको छ। गीतको शब्द लेखक तथा पत्रकार शिवराज योगीले लेखेका हुन्। बिसीकै संगीत रहेको गीतमा चर्चित गायिका एलिना चौहान र भीम बीसीले सुमधुर आवाज भरेका छन्।
सरल भाषामा गामबेसी, मायाप्रेम र विकृतिविसंगतिविरुद्धका गीत, कविता र मुक्तक लेख्दै आएका उनको जीवन पनि सरल छ। उनी नयाँ पुस्तालाई सृजनात्मक बनाउन ऊर्जा भर्ने काम गर्छन्। यसरी हेर्दा उनलाई साहित्यिक फूलबारीका मालीभन्दा फरक पर्दैन।
‘म गीत पनि लेख्छु, कविता पनि लेख्छु। यी दुवै नै कविता हुन्, एउटा पाठ्य कविता हो भने अर्को गेय कविता हो। एउटा सामान्य लयमा गाइने गीत हो भने अर्को विशेष लयमा गाइने गीत हो।’
भारतीय फिल्मका संगीतकार वाजिद खानको निधन भएको छ। मिर्गौला संक्रमण भएर सोमबार ४२ वर्षीय संगीतकार खानको निधन भएको थियो।
प्रशिद्ध गीतकार रत्नशम्शेर थापाको निधन भएको छ। थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो। ८२ वर्षिय थापालाई वुधबार स्वासप्रस्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो।
दुवै मृगौला फेल भए पनि गीतकार सुक गुरुङ जीवनसंग संघर्ष गर्दै थिए। जीवन जीउने हुटहुटी उनमा थियो। र फेरी उस्तै गीत रचना गर्ने सपना उनका थिए तर नियतिले मनका सबै कुरा कहाँ पुरा गर्न दिन्छ र! फेरी अब कसैलाई दोस दिन नपर्ने गरी सुक गुरुङ आइतबार अस्ताए। अरुण थापाले उनको एउटा गीत गाएका थिए 'दोष कसैलाई दिन चाहन्न, पिउने छु बरु आँखाको आँसु...।'
नेपाली सांगीतिक ब्यान्ड नेपथ्यको ‘छेक्यो छेक्यो देउराली डाँडा’ गीतका गीतकार सुक गुरुङको आइतबार निधन भएको छ। पोखरा महानगरपालिकाको लेखनाथका बस्दै ५४ वर्षीय गुरुङ पछिल्लो समय मिर्गौला फेल भएर थलिएका थिए।
संगीतकार मदन दीपबिममा जनजीवनका लोक भाका टपक्क टिपेर नेपाली माटो र जनजीवनसँग लपक्क भिजाएर प्रस्तुत गर्न सक्ने क्षमता थियो।
गीतकार हरिराम पौडेलको ‘मेरो खुसी मेरो चाह’ नामक गीत संग्रह सार्वजनिक भएको छ। शनिबार राजधानीमा आयोजित कार्यक्रममा गीतकार डा.कृष्णहरि बराल, एसपी कोइराला र चूडामणि देवकोटालगायतले ‘मेरो खुसी मेरो चाह’ नामक गीत संग्रह विमोचन गरेका थिए।
नेपाली सांगीतिक ब्यान्ड मजिपाले पहिलो एल्बम ‘म सपनामा बाँच्न चाहन्छु’ सार्वजनिक गरेको छ। शनिबार ललितपुरस्थित मोक्षमा आयोजित कार्यक्रममा मजिपाको एल्बम ‘म सपनामा बाँच्न चाहन्छु’ लाई संगीतकार शिलाबहादुर मोक्तान, कुन्ती मोक्तान र मनोजकुमार केसीलगायतले संयुक्त रूपमा विमोचन गरेको थियो।
भावुक गीतकार र रोमान्टिक गजलकारको चिनारी बनाएका पोखरेली स्रष्टा प्रकट पगेनी ‘शिव’का कविता पनि अब्बल छन्। तर, गीत/गजलले उनको कवि व्यक्तित्वलाई छायामा पारिदिएको छ।
गीतकार भूपाल राईको ‘किताबको पाना हेर’ शीर्षक गीत कक्षा ४ को नेपाली पाठ्यक्रममा समावेश छ। उनले भनेका छन् कि किताबका पानाहरू ज्ञानका हिसाबले बच्चाहरूभन्दा पनि ठूला हुन्छन्। हामी आँैलाभन्दा साना कलमका टुप्पाले ज्ञानी कुरा लेख्छौं। वीरताका कुरा लेख्छौं। गौरवका गाना लेख्छौं भनेर राईले बालकहरूलाई देशसँग सकारात्मक रूपमा जोड्न यो गीत लेखेका हुन्।
कवि, मुक्तककार तथा गीतकार दिलिप योन्जन तामाङद्वारा लिखित मुक्तक संग्रह ‘अविरल’ र गीति एल्बम ‘अनुराग’ सार्वजनिक भएको छ। राजधानीमा गत शनिबार एक कार्यक्रमकाबीच संगीतकार शक्ति बल्लभ, गीतकार किरण खरेल, गीतकार राजेन्द्र थापा, गजलकार विपिन किरण, संगीतकार राजेश थापालगायतले मुक्तक संग्रह र गीति एल्बमको संयुक्त रूपमा विमोचन गरे।