७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

गोठाले बाँसुरीले डो-याएको यात्रा

उनी राम्रा गायक, संगीतकार तथा संगीत संयोजक हुन्। घण्टौसम्म एकोहोरो किबोर्ड र कम्प्युटरमा तल्लीन भैरहने विनोद बाजुरेलीले संगीतसंयोजन गरेका गीतहरूको संख्या ७ हजार नाघिसक्यो। डेउडा र लोकगीत समेत गरेर १ सय जति गीतमा स्वर दिएका छन्।

रहेनन् संगीतकार बिजु

संगीतकार, संगीत संयोजक, रेकर्डिस्ट र गीतकार बिजु बज्रको ४८ वर्षको उमेरमा आइतबार दिउँसो हृदयघातका कारण निधन भएको छ।

पतिबाट अलग्गिइन् एडिली

बेलायती गायिका तथा गीतकार एडिली पति सिमोन कोनेकीबाट अलग्गिएकी छन्। गायिकाका प्रतिनिधि बेनी तारान्तिनी र कार्ल फिसले गत शुक्रबार एक विज्ञप्ति जारी गर्दै दुवैजना अलग्गिएको पुष्टि गरेका हुन्।

लेकका हामी केटाकेटी

संगीतकार एवं गायक आभास काठमाडौंको काँठ क्षेत्रका रैथाने हुन्। महानगरको उत्तरपूर्वी कुनो आलापोटमा ०१९ चैत १ मा जन्मेका हुन् उनी। सामान्य किसान परिवारमा जन्मे/हुर्केका उनी लामो साधना र संघर्षबाट स्थापित संगीतकर्मी बनेका हुन्।

‘साम्दुङ’ लिएर दीपेश

खोटाङका गायक तथा संगीतकार दीपेश राईको चाम्लिङ राई भाषाको एलबम ‘साम्दुङ’ सार्वजनिक भएको छ। हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका युवा गायक तथा संगीतकार राईको ‘फोप्ती’, ‘साम्दुङ’, ‘होसुङ’ र ‘बुइछोर’ बोलको चारवटा गीत समेटिएको एलबम हालै काठमाडौंको चाबहिलस्थित फलैंचा रेष्टुरेन्टमा सार्वजनिक गरिएको हो।

विगत सम्झँदै आभासले गुञ्जाए पलेँटी

संगीत साधनाका विभिन्न कोणहरूबाट आफुलाई हुर्काउँदै आएका गायक एवं संगीतकार आभास लामो अन्तरालपछि गत शुक्रबार ‘पलेँटी श्रृंखला’मा सोलो प्रस्तुत भएका छन्। ‘पलेँटी श्रृंखला’कै संयोजकसमेत रहेका उनकै स्वरबाट आधुनिक नेपाली संगीतको कार्यक्रम नेपालयले करिब डेढ दशकअघि सुरु गरेको थियो।

‘पलेँटी’मा आभास गुञ्जन

तेह्र वर्षदेखि सांगीतिक श्रृंखला ‘पलेँटी’ को संयोजन गर्दै आएका गायक तथा संगीतकार आभास यसपटकको ‘पलेँटी’मा आफैं प्रस्तुत हुने भएका छन्। नेपालयले सञ्चालन गर्दै आएको यो श्रृंखलाको पहिलो संस्करणको सुरुवात पनि आभासकै गीतबाट गरिएको थियो।

सिंगो आकाश छिचोलेका गीतकार

यस्तो लाग्छ, यो गीतको संग्रह (म बिर्सुं कसोरी) बोकेर हिँड्नु भनेको सानो नानीले आमाको औला समाए जस्तै हो। सकुसल बजार पुग्नु, मन्दिर पुग्नु अनि सकुसल घर फर्किनु हो।

मनराजा स्वर्णिम साँझ

हाम्रो समाजमा गायक/गायिकाको एकल गायन कार्यक्रम बरोबर भैरहन्छ। तर, संगीतकारको एकल साँझ आक्कलझुक्कल मात्रै आयोजना हुन्छ। एउटै मञ्चबाट छोटो समयमा एउटा प्रतिभाको क्षमता पस्कने राम्रो अबसर हो–एकल साँझ। त्यही क्षमता प्रदर्शन गरेर वाहवाहि कमाए संगीतकार मनराजा नकर्मीले पनि।

‘काठमाडौं झन्झन बिग्रँदै गएको छ’

सुविधायुक्त ठाउँ नै सहर हो। सहरभित्र अनेक कलासंस्कृति र सभ्यता लुकेका हुन्छन्। सहरको जनघनत्व बढी भए पनि त्यहाँको प्रशासनले सहरका हरेक पक्षलाई चुस्त दुरुस्त राखेको हुन्छ।

‘जीवनसँग जोडिएको चौका दाउ’

झण्डै ४५ वर्षको सांगीतिक करियरमा २ सय ५० बढी फिल्ममा संगीत दिइसकेका संगीतकार शम्भुजीत बासकोटा ‘डेब्यु’ निर्माण फिल्म ‘चौका दाउ’ लिएर दर्शकमाझ आउँदैछन्। आगामी पुष २७ गते प्रदर्शनमा आउने फिल्मलाई उनले आफ्नो ‘प्रयत्न’ भने पनि फिल्मप्रति उनको ‘उत्साह’मा कमी छैन।

एकसाथ भट्टराईका दुई भजन

गीतकार कुमार भट्टराईद्वारा लिखित २ भजन संग्रह सार्वजनिक भएका छन्। शुक्रबार नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रज्ञा प्रतिष्ठानको सभाहलमा ‘शिव लिला’ र ‘अग्रता काली’ शीर्षकका दुवै संग्रहको बिमोचन गरे।

‘नेतामा अनुशासन नहुँदा सहर बिग्रियोे’

तपाईँको बुझाइमा सहर के हो? अलि अग्ला गुजुप्प घर, चौडा बाटो, वरिपरि साइनबोर्ड र जनघनत्व बढी भएको ठाउँ सहर हो भन्ने हाम्रो मानसिकतामा बसेको छ । हामीले सानोमा स्कुल पढ्दाताका विकसित, गाडी गुड्ने, स्वास्थ्य, शिक्षा र सरसफाइयुक्त ठाउँ सहर हो भनेर पढ्थ्यौं ।

संगीत यात्रामा शम्भुजित

संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजित बासकोटाको आगामी असोज १३ र १४ गते राजधानीमा ‘शम्भुजित स्वर्णिम सांगीतिक यात्रा २०१८’ हुने भएको छ।

एकल साँझमा बुद्धवीरका गीत

गीतकार बुद्धवीर लामाको सम्मानमा राजधानीमा गत शुक्रबार साँझ आयोजना गरिएको ‘आठौं एकल साँझ’मा गायकगायिकाले दर्जन बढी गीत प्रस्तुत गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्