२१ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

संगीत यात्रामा शम्भुजित

काठमाडौं – संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजित बासकोटाको आगामी असोज १३ र १४ गते राजधानीमा ‘शम्भुजित स्वर्णिम सांगीतिक यात्रा २०१८’ हुने भएको छ।

साधना कला केन्द्रको आयोजनामा असोज १३ गते काठमाडौंको टुँडिखेल र असोज १४ गते राजधानीको सोल्टी होटलमा यो कार्यक्रम हुनेछ।

टुँडिखेलको कार्यक्रममा बासकोटासहित प्रेमध्वज प्रधान, योगेश वैद्य, दीपक खरेल, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, आनन्द कार्की, यम बराल, राजेशपायल राई, अमर तण्डुकार, देविका बन्दना, कर्णदास, मनोज राज, प्रमोद खरेल, निशा देशार, टीका प्रसाईं, विश्व नेपाली, सञ्जय तुम्रुक, बानिका प्रधान, मिना निरौला, सुरेश लामा, सुरजकुमार थापा, स्मिता दाहाल, युवराज चौलागाई, केञ्जल मेहरले गीतहरू प्रस्तुत गर्नेछन् ।
संगीतकार बासकोटाका अनुसार कार्यक्रममा २२ जना प्रत्यक्ष बाद्यबादकहरूको बाद्यबादनमा आफूसहित कलाकारले गीत प्रस्तुत गर्नेछन्।

त्यस्तै असोज १४ गते हुने सोल्टी होटलको कार्यक्रममा भारतीय गायिका अनुराधा पौड्याल, संजीवनी,गायिका दीपानारायण झा र शम्भुजितको प्रस्तुति हुनेछ। आयोजक एवम् साधना कला केन्द्रका अध्यक्ष मिलन मोक्तानले नेपाली संगीतमा बासकोटाको ४ दशक पूरा भएको अवसरमा कार्यक्रम गर्न लागिएको बताए। ‘यो यात्रा काठमाडौंबाट सुरु भई दुई वर्षभित्र विश्वका दुई दर्जनभन्दा बढी देशमा पुग्नेछ ’ उनले भने।

प्रकाशित: १२ आश्विन २०७५ ०५:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App