तिहार: मानव र प्रकृतिको आत्मीय सम्बन्ध
म बाल्यवस्थामा नै घर छोडेर पढ्नका लागि कोशौं टाढा गएँ। चार दिदी र तीन भाइले एकैसाथ भाइ टिका लगाउने अवसर कहिल्यै जुरेन। अब त झन् कुरै भएन।

म बाल्यवस्थामा नै घर छोडेर पढ्नका लागि कोशौं टाढा गएँ। चार दिदी र तीन भाइले एकैसाथ भाइ टिका लगाउने अवसर कहिल्यै जुरेन। अब त झन् कुरै भएन।
डल्लुको गल्ली भित्रको अग्लो घर। त्यही घरको तेश्रो तलामा भाडामा लिइएको साँगुरो कोठा। जब उनी खोक्न थाल्थे बेलाबखत निस्किन्थ्यो थोत्रो दमाहामा हिर्काए जस्तो थ्वारथ्वार आवाज। दराजमाथि देखिन्थे दर्जन जति औषधिका डिब्बाहरु। कोठाभरि छरिएका थिए भेषभुषाका सामग्री।
बाहिर झमझम पानी परिरहेको थियो। काठमाडौंको शान्तिनगरस्थित खाजाघरमा थियौं हामी। पल्लो टेबुलमा आँखा जुध्छन् कवि गण्डिकी पुत्रका। उतापट्टि बसेका मनुवा मनकारी रहेछन्। तिनै उदार मनका रमेश बस्नेत अभिवादनसँगै प्रश्न गर्न आतुर भैदिन्छन्, ‘झोराहाटमा त्यति ठूलो काम गर्नु भो।
मान्छेको मन अचम्मको हुन्छ। मन नभइदिँदो हो त कस्तो हुँदो हो जिन्दगी। मन छ र पो आशा, निराशा, पिर, व्यथा, मायाप्रेम सबैको अर्थ खोज्न थाल्छ मान्छे। सबै चिजको महत्व बुझ्न थाल्छ।
तरलित तुल्याउँछ कैंयौं मनहरूलाई गीत–सङ्गीत र साहित्यले। भेटाउँछ मनको गहिराइ। मनोरन्जनका साथै समाजमा देखा परेका विकृति र विसंगतिप्रति पनि औंला उठाउन समेत सिकाउँछ संगीतले। सुदूरपश्चिमबाट पनि गुञ्जित भए केही धुन, रचना भए शब्द र सुनिए केही स्वरहरू। पहाडका ७ र तराईका २ गरी ९ जिल्लाको गीतसङ्गीत नै सुदूरपश्चिमको झंकार हो।
विगतमा कविता र निबन्धका कारण चर्चित भूपिनलाई ‘मैदारो’ले उपन्यासकारको चिनारी दिएको छ। कतै मैदारो, कतै मैझारो, जे भए पनि शब्दले दिने अर्थ एउटै छ– अन्तिम रोपाइँ।
उनी राम्रा गायक, संगीतकार तथा संगीत संयोजक हुन्। घण्टौसम्म एकोहोरो किबोर्ड र कम्प्युटरमा तल्लीन भैरहने विनोद बाजुरेलीले संगीतसंयोजन गरेका गीतहरूको संख्या ७ हजार नाघिसक्यो। डेउडा र लोकगीत समेत गरेर १ सय जति गीतमा स्वर दिएका छन्।
कञ्चनपुरको महेन्द्रनगरस्थित घाँसे मौदानमा परिणत भएको एयरपोर्ट। एयरपोर्ट छेउबाट पश्चिमतिर लागेपछि एकान्त ठाउँमा देखिन्छ चिटिक्क परेको सेतो घर। जहाँ पुराना दिनलाई सम्झिँदै बसिरहेका भेटिन्छन् प्राध्यापक श्रीधर पन्त। उनी प्राध्यापक मात्रै नभएर कुशल समीक्षक पनि हुन्। राम्रा कवि हुन्।
सुदूरपश्चिमेली महिलाका सामु उभिएका छन् पीडाका अग्ला हिमालहरु। भरिभराउ देखिन्छन् आँसुका पोखरी। उसो त पितृसत्तात्मक समाजको बोलवाला भएको मुलुकमा हरेक क्षेत्रका महिला पीडित नै छन्। विरह र वेदनाका सुस्केरा अलापेकै छन्। तुलनात्मक हिसाबले ती सुस्केरा बढी नै सुनिन्छन् मध्य तथा सुदूरपश्चिममा। यति हुँदाहुँदै पनि कुनै कुनै चाडपर्वले केही दिनलाई भए पनि ती पीडाका लहरलाई बिर्सिन सघाउ पुर्याउँछन्। त्यो आत्मीयता बोक्दै संवेदना र भावनाले भरिपूर्ण भएर दुःख बिर्साउन आइपुग्ने पर्व मध्ये एउटा हो माघे त्यार।
दाम्लो चुडाल्न खोजेझैं गरिरहेको थियो,आँगनमा बाँधिएको गाईले। पछाडीपट्टी पाइला सारेझैं बिस्तारै ओझेल पर्दै थियो, गोधूलिको घाम। आँगन छेउमा लहरै राखिएका थिए, माहुरीका घार। ह्वीलचियरमा बसेर बारीका पाटातिर चियाइरहेका थिए उनी। छेवैमा टोलाएर टुक्रुक्क बसेकी थिइन् बृद्ध आमा धर्मादेवी। त्यो आँगन थियो कृषिविज्ञ नरबहादुर साउँदको। दिनेश एफएमका पत्रकार भाइ जनक विष्टको सहयोगमा उनीसँग भेट्ने अवसर जुर्यो केही महिना अघि।
गाउँघरतिर साना बाबु नानीका आमा बुवालाई इष्टमित्रले सोध्छन्, बोल्न सुरु गर्यो ? मा मा, बा बा भन्छ ? हातखुट्टाले हिँड्ने भैसक्यो होला है अब त ? इत्यादि ...सन्तान जन्मेपछिको आश हुन्छ आवाज र चालको। बच्चा पाइताला टेकाउँछ धर्तीमा र सार्न थाल्छ पाइला। यसरी सुरु भएको यात्रा चलिरहन्छ निरन्तर धर्तीबाट बिदा नलिउन्जेसम्म। जिन्दगी भन्नु नै यात्रा त रैछ !
यात्रामा भेटिन्छन् कविताका हरपहरू। संगीतको धुन अनि जिन्दगीको आनन्द। छुट्टै अनुभूति दिलाएर जिन्दगीलाई सार्थक तुल्याउँछ यात्राले। यादैयादका पल्ला ओढाएर जान्छन् यात्री बन्दाका घुम्तीहरू। तिनै यादहरू बनिदिन्छन् जिन्दगीका सुखद अनुभव पनि।
माथि आकाशबाट हेरिरहेका थिए जूनताराले। तल धर्तीमा अथवा हरिनाशको जंगलमा गीत गाइरहेका थिए झ्याउँकिरी। होमस्टेमा बस्ने व्यवस्था मिलाइएको रहेछ। आ–आफ्नो समूह बनाएर बाटो नाप्न थाले कवि तथा लेखकहरू। आयोजकले हामीलाई देखाउँदै एक महिलासँग भने– उहाँहरूलाई तपाईँकोमा लानु है। उनले टाउको हल्लाएर हुन्छ भनिन्। उनी अघिअघि कवि भूपिन, शम्भु अर्याल, दीपेन्द्रसिंह थापा, आकाश अधिकारी, हरिकृष्ण काफ्ले र म लगायतको एक जथ्था पछिपछि। कोदो बारी बीचको बाटो। हातहातमा प्रकाश छरिरहेका मोबाइल फोन।
असोज पहिलो साताको एक बिहान मोबाइलको घन्टी बज्छ । हलो ! मात्रै के भनेको थिएँ, आफ्नो परिचय दिँदै तेस्र्याउछन प्रश्न, ‘गाउँमा कविता कार्यक्रमको २८ औं श्रृङ्खलामा हामीले तपाइँलाई निम्तो दिन खोजेका हाैं। आउन सक्नु हुन्छ ? सुदूरपश्चिम त निकै टाढा छ त?’
सबैभन्दा पुरानो ग्रन्थका रुपमा लिइन्छ वेदलाई । वेदभित्र पनि अधिकांश मन्त्रहरू कर्मकाण्डीय मानिन्छन् । केही मन्त्रहरू उपासनापरक मनिन्छन् भने जम्मा चारहजार मन्त्रहरू मात्र ज्ञानपरक मनिएका छन् ।
