१२ असार २०८१ बुधबार
image/svg+xml
कला

मजिपाको ‘म सपनामा बाँच्न चाहन्छु’ बजारमा

काठमाडौं - नेपाली सांगीतिक ब्यान्ड मजिपाले पहिलो एल्बम ‘म सपनामा बाँच्न चाहन्छु’ सार्वजनिक गरेको छ। शनिबार ललितपुरस्थित मोक्षमा आयोजित कार्यक्रममा मजिपाको एल्बम ‘म सपनामा बाँच्न चाहन्छु’ लाई संगीतकार शिलाबहादुर मोक्तान, कुन्ती मोक्तान र मनोजकुमार केसीलगायतले संयुक्त रूपमा विमोचन गरेको थियो।

नौ वटा रक गीतहरु समावेश गरिएको एल्बममा बिभोर कायस्थ र मञ्जिलविक्रम केसीले संगीतहरू तयार गरेका थिए। उनीहरूलाई मजिपा ब्यान्डका अन्य सदस्यहरु साजन शाक्य, प्रतिक बाँनिया र सिद्धान्त बस्नेतले साथ दिएका थिए।

गायक बिभोर कायस्थले एल्बमको लागि सन् २०१५ देखि गीतहरू तयार गर्न थालेको प्रतिक्रिया दिए। ‘ब्यान्डले अनलाइनको प्लयाटफमलाई प्रयोग गरेर एल्बमको प्रमोसन गरिरहेका छौं। यसले गर्दा एल्बम बिक्री भएको तथ्यांक हेर्न सकिन्छ,’उनले भने। एल्बममा ‘ओइलाई सक्यो’, ‘मुक्ति’, ‘दुई गुणा बढी’, ‘कसैले’, ‘बुझ मनका कुरा’ र ‘बाग्मती’ बोलका गीतहरु समावेश गरिएका छन्। कार्यक्रममा ब्यान्डले सांगीतिक प्रस्तुति समेत दिएको थियो।

 

प्रकाशित: १३ श्रावण २०७६ ०२:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App