२३ वैशाख २०८१ आइतबार
image/svg+xml

राष्ट्रिय युवा पत्रकारिता पुरस्कार नागरिककर्मी सहित ६ जनालाई

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय युवा पत्रकारिता पुरस्कारबाट ताप्लेजुङका नागरिक संवाददाता खगेन्द्र अधिकारीसहित ६ जना पत्रकार पुरस्कृत हुने भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले मंगलवार अबेर सूचना जारी गर्दै राष्ट्रिय युवा पत्रकारिता पुरस्कार २०७६ बाट पुरस्कृत हुने पत्रकारहरुको सूची सार्वजनिक गरेको हो ।

नागरिककर्मी मल्लको कर्णाली अस्पतालले निःशूल्क उपचार गर्ने

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले मुगु जिल्लाका नेपाल पत्रकार महासंघका पुर्वअध्यक्ष तथा नागरिकर्मी सुमन मल्लको निःशुल्क उपचार गर्ने भएको छ ।

समाचारका विषयमा नागरिककर्मीलाई धम्की

दैलेख जिल्ला सदरमुकामसमेत रहेको नारायण नगरपालिकाको समाचार किन लेखेको भन्दै नागरिक दैनिकका दैलेख संवाददाता गोविन्द केसीलाई धम्की आएको छ । उक्त नगरपालिकाका चमेना गृह सञ्चालक छत्र थापाले नागरिककर्मी केसीलाई सार्वजनिक स्थानमा धम्की दिँदै दुव्र्यवहार गरेका हुन् ।

पर्यटन पत्रकारिताबाट नागरिककर्मीसहित तीन पत्रकार पुरस्कृत

पूर्वको पर्यटन प्रर्वद्धन तथा विकासमा सक्रिय रहेको धरानको सेछ ट्राभलिङले पाँचथरका नागरिककर्मी गिरीराज बाँस्कोटासहित तीन पत्रकारलाई पुरस्कृत गर्ने भएको छ।

नागरिककर्मीसहित दश जना सम्मानित

सिद्धार्थ उद्योग वाणिज्य संघको ६१औँ साधरणसभा तथा अधिवेशनमा नागरिककर्मीसहित दश जनालाई सम्मानित भएका छन्।

नागरिककर्मी दङ्गाललाई पुरस्कार

यस वर्षको हुतराज–अर्धचन्द्र स्मृति पत्रकारिता पुरस्कार नागरिक दैनिकका सिन्धुपाल्चोक संवाददाता ध्रुव दङ्गालले पाएका छन्।

हुतराज–अर्धचन्द्र स्मृति पत्रकारिता पुरस्कार नागरिककर्मी दङ्गाललाई

हुतराज–अर्धचन्द्र स्मृति पत्रकारिता पुरस्कार नागरिकका सिन्धुपाल्चोक सम्वाददाता ध्रुव दङ्गालले पाएका छन्। सामाजिक काममा प्रसिद्ध हुतराज–अर्धचन्द्र जनहितकारी संस्थाले शिक्षा क्षेत्रमा योगदान पु¥याएबापत यस वर्षको पुरस्कार दङ्गार्ल प्रदान गरेको हो।

नागरिककर्मी यादव सम्मानित

सगरमाथा चौधरी आँखा अस्पतालको ३७ औं वार्षिकोत्सवको अवसरमा नागरिककर्मी मिथिलेश यादव सम्मानित भएका छन्। अन्धोपन निवारणको क्षेत्रमा नागरिक पत्रिकामार्फत समयसापेक्ष तथा परिणामुखी सूचना प्रवाहको कृतिमानी भूमिका निर्वाह गरेवापत अस्पतालले यादवलाई सम्मानित गरेको हो।

नागरिककर्मी परियार 'उत्कृष्ट सहकारी पत्रकारिता' बाट पुरस्कृत

नागरिककर्मी विनोद परियार 'उत्कृष्ट सहकारी पत्रकारिता' पुरस्कारबाट पुरस्कृत भएका छन्। सोमबार बुटवलमा बचत तथा ऋण सहकारी संघ रुपन्देहीको १४ औं वार्षिक उत्सवका अवसरमा उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कार २०७४ बाट परियार पुरस्कृत भएका हुन्। उक्त पुरस्कार नेपाल पत्रकार महासंघ रुपन्देहीसँगको सहकार्यमा संघले स्थापना गरिएको हो।

नागरिककर्मी लम्साल सम्मानित

महानगरीय सुशासन पत्रकारिता पुरस्कारबाट नागरिककर्मी हिमाल लम्साल सम्मानित भएका छन्। काठमाडौं महानगरपालिकाको २५ औं वार्षिकोत्सवको अवसरमा पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मानित गरेको हो। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदेश त्रिपाठी, महानगरपालिका मेयर विद्यासुन्दर शाक्य र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सम्मान गरेका हुन्।

प्रहरीकाे ज्यादती नागरिककर्मीमाथि कुटपिट

तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) समापन हुने दिन मंगलबार बिहान नेपाल प्रहरीले सुरक्षाका नाममा ज्यादती गरेको छ। काठमाडौंका तीनवटा वृत्तका डिएसपीले सर्वसाधारण र पत्रकारमाथि लाठी र मुक्का प्रहार गरेका छन्।

सुविदको नलाएको माया

नागरिककर्मी, गजलगो सुविद गुरागाईको गजल एल्बम ‘नलाएको माया’ शनिबार काठमाडौंमा लोकार्पित गरिएको छ। माता परिवारको निर्माणमा तयार पारिएको सो गजल एल्बम माता इन्द्रमाया पौडेल, अग्रज गजलगो बूँद राना, अग्रज गीतकार तथा कवि दिनेश अधिकारी, गजलगो रवि प्राञ्जल, राष्ट्रियसभा सदस्य विमला पौडेलले लोकार्पित गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्