५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

समाचारका विषयमा नागरिककर्मीलाई धम्की

वीरेन्द्रनगर- दैलेख जिल्ला सदरमुकामसमेत रहेको नारायण नगरपालिकाको समाचार किन लेखेको भन्दै नागरिक दैनिकका दैलेख संवाददाता गोविन्द केसीलाई धम्की आएको छ । उक्त नगरपालिकाका चमेना गृह सञ्चालक छत्र थापाले नागरिककर्मी केसीलाई सार्वजनिक स्थानमा धम्की दिँदै दुव्र्यवहार गरेका हुन् ।

चमेना गृह सञ्चालक थापालाई प्रहरीले पक्राउसमत गरेको नागरिककर्मी केसीले जानकारी दिए । नागरिक दैनिकको वैशाख १० गते प्रकाशित अंकमा ‘राहत सामग्री खरिदमा अनियमितता’ भन्ने समाचार प्रकाशित भएको छ । उक्त समाचार किन र कति पैसा खाएर लेखेको भन्दै चमेना गृह सञ्चालक थापाले नागरिककर्मीलाई धम्कीसँगै दुव्र्यवहार गरेका थिए । ‘चमेना गृह सञ्चालक थापाले मलाई कुटपिट गर्न अरु मान्छे पनि बोलाएका थिए,’ नागरिककर्मी केसीले भने, ‘पछि प्रहरीले थाहा पाएर थापालाई नियन्त्रणमा लियो ।’

प्रकाशित: १५ वैशाख २०७७ ०३:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App