५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

नागरिककर्मी मल्लको कर्णाली अस्पतालले निःशूल्क उपचार गर्ने

जुम्ला - कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले मुगु जिल्लाका नेपाल पत्रकार महासंघका पुर्वअध्यक्ष तथा नागरिकर्मी सुमन मल्लको निःशुल्क उपचार गर्ने भएको छ । मानसिक रुपमा समस्या आएपछि नागरिककर्मी मल्ल तीन दिनअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भर्ना भएका थिए ।

उनलाइ मुगु जिल्ला अस्पतालमा एक सातासम्म उपचार गर्दा पनि सुधार हुन नसकेपछि जुम्ला रेफर गरिएको थियो । आर्थिक अवस्था कमजोर भएका पत्रकार मल्लको कर्णाली अस्पतालले निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको हो । निको भइसकेपछि मुगुसम्म पु¥याउन सकिने व्यवस्था गरिने प्रतिष्ठानले जनाएको छ । 

प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्ले नागरिककर्मी मल्लको सम्पूर्ण उपचार निशुल्क हुने बताए । उनले भने,‘ नागरिकर्मी मल्ल कर्णालीको बरिष्ठ पत्रकार पनि हो । कला संस्कृतिको अमुल्य सम्पति पनि । यो बेला कर्णाली प्रतिष्ठानले उहाँको उपचार निशुल्क गर्छ । ’ नागरिककर्मी मल्लसंग भेटेर रजिष्टार काफ्लेले उपचारको लागि चिन्ता नगर्न आग्रह गरे। 

नागरिककर्मी मल्लले कर्णाली दक्षिण बग्दो छ, सुइना कर्णालीका नाटक लेखेर ख्याति कमाएका छन् । कर्णाली प्रतिष्ठानले नागरिककर्मी मल्लको उपचारका साथै खानपिनको व्यवस्था समेत गर्ने भएको छ । रजिष्टार काफ्लेले भने,‘ उपचारमा विशेषज्ञ डाक्टरको उच्च निगरानी छ । उपचार पनि निशुल्क गर्ने भनिरहेका छौँ । उहाँको उपचार गर्न सिंगो प्रतिष्ठान लागि परेको छ । ’

नागरिककर्मी मल्ललाइ हेरिरहेका डा. धिरज गुरुङ स्वास्थ्य अवस्थामा सुधार हुदै आइरहेको बताउँछन् । दुइ तीन दिन भित्र उहाँको सबै रिर्पोट आउने भएकोले अस्पतालमै राखेर उपचार गरिने भएको हो । त्यसपछि अस्पतालमा राख्ने की डिस्चार्ज गर्ने भन्ने बारेमा निक्र्यौल हुनेछ । 

नेपाल पत्रकार महासंघ शाखा जुम्लाले पनि पत्रकार सुमन मल्ल बचाउ अभियान शुरु गरेको छ । सबै पत्रकारले आफ्नो इच्छा अनुसार रकम संकलन गरेर आइतबार हस्तान्तरण गर्ने तयारी भइरहेको छ  । पत्रकार महासंघ शाखा जुम्लाले पाँच हजार रुपैया दिने भएको हो ।

पत्रकार महासंघ शाखा जुम्लाले पत्रकार मल्लको स्वास्थ्य लाभको कामना गर्दै सहयोगी निकाय, इच्छुक ब्यक्ति र पत्रकारहरुलाइ  आर्थिक सहयोग गर्न अपिल गरेको छ । एक प्रेश विज्ञप्ति निकाल्दै महासंघले पत्रकार मल्लको जीवन रक्षाको लागि सहयोग गर्न भनेको हो ।

यसैगरी प्रेश युनियन जिल्ला समिति जुम्लाले पनि पाँच हजार रुपैयाँ पत्रकार सुमन मल्लको उपचारका लागि सहयोग गरेको अध्यक्ष इश्वरीप्रसाद देवकोटाले जानकारी दिए । सहयोग गर्न चाहने व्यक्ति र संस्थाले पत्रकार सुमन मल्लको नाममा राष्ट्यि बाणिज्य बैंक मुगु शाखामा रहेको खाता नम्बर ४०६०००७५१५१० मा जम्मा गर्न सकिनेछ

प्रकाशित: १९ वैशाख २०७७ १५:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App