११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

नागरिककर्मीसहित दश जना सम्मानित

भैरहवा- सिद्धार्थ उद्योग वाणिज्य संघको ६१औँ साधरणसभा तथा अधिवेशनमा नागरिककर्मीसहित दश जनालाई सम्मानित भएका छन्। साे अवसरमा उद्योग व्यवसाय कृषि तथा पर्यटन क्षेत्रको आर्थिक विकासका लागि सकारात्मक एवं प्रभावकारी ढंङ्गले सञ्चारकर्मीको रुपमा कलम चलाएको भन्दै भैरहवास्थित नागरिक दैनिकका संवाददाता मोहम्मद हबिबलाई सम्मान गरिएको छ। भैरहवालाई कार्यक्षेत्र बनाएर विगत ७ वर्षदेखि पत्रकारिता क्षेत्रमा उल्लेखनीय योग्दान गरेको भन्दै नगद र दोसल्लासहित सम्मान गरिएको हो।

त्यस्तै, रुद्र बिलास स्मृती कोषबाट यस क्षेत्रमा एक दशकदेखि आर्थिक क्षेत्रमा कलम चलाउदै आएका भैरहवा एफ एमकी स्टेशन म्यानेजर सम्झना शर्मा, तथा समाजिक क्षेत्रको तर्फबाट प्रख्यात बण्जाडे, सामुदायिक विद्यालयको तर्फबाट २०७४ सालमा एसइइ उत्कृष्ट लिलाराम न्यौपानेका नवराज ढकाल र सुसंस्कृत माविका हेमन्त बस्नेतलाई पनि नगदसहित सम्मानित गरिएको छ।

त्यस्तै, संघका सदस्यमध्ये सबै भन्दा बढी तेस्रो मुलुक निर्यात गर्ने सिद्धार्थ आधुनिक राइस मिलका ऋषिकेश अग्रवाल, भारत तर्फ निर्यात गर्ने जगदम्बा स्पेनिङ मिलका अनिल जाठिया, पुरानो सदस्य भुदेव ट्रेडिङ्ग, पञ्चकन्या प्लाष्टीक र सुनगाभा ट्राभल्सलाई समेत सम्मानित गरिएको थियो।

प्रकाशित: ३ फाल्गुन २०७६ १२:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App