८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

नागरिककर्मी लम्साल सम्मानित

काठमाडौं- महानगरीय सुशासन पत्रकारिता पुरस्कारबाट नागरिककर्मी हिमाल लम्साल सम्मानित भएका छन्। काठमाडौं महानगरपालिकाको २५ औं वार्षिकोत्सवको अवसरमा पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मानित गरेको हो। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदेश त्रिपाठी, महानगरपालिका मेयर विद्यासुन्दर शाक्य र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सम्मान गरेका हुन्।

सोही अवसरमा नागरिककर्मी लम्सालसहित १० जना पत्रकार सम्मानित भएका थिए। नयाँपत्रिकाका तीर्थराज बस्नेत, राजधानीका केशवप्रसाद पाण्डे,  समाचारपत्रका ईश्वरराज ढकाल, अनलाईन खबरका डम्बरप्रसाद (रोयल) आचार्य, झिंगु डटकम अनलाईनकी रेखा शाक्य, राष्ट्रिय समाचार समितिका शर्मिला पाठक, लहना साप्ताहिकका नृपेन्द्र श्रेष्ठ र संस्थागत तर्फबाट गोरखापत्र दैनिकलाई सम्मान गरिएको थियो।

सम्मानपत्र र नगद ५० हजार रुपैयाँसहित सम्मानित गरिएको हो।  महानगर दिवसको अवसरमा आइतबार ज्यापु समुदायका परम्परागत ६३ गुथि, खड्गी समुदायका ६० गुथि, गुँला बाजाका २३ वटा समूहका बाजा गुरुहरुलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो। मखनटोल  कुमारी र किलागलका कुमारीलाई मासिक १५–१५ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने घोषणा गरेको छ।

 

प्रकाशित: २९ मंसिर २०७६ १२:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App