coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

राष्ट्रिय युवा पत्रकारिता पुरस्कार नागरिककर्मी सहित ६ जनालाई

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय युवा पत्रकारिता पुरस्कारबाट ताप्लेजुङका नागरिक संवाददाता खगेन्द्र अधिकारीसहित ६ जना पत्रकार पुरस्कृत हुने भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले मंगलाबार सूचना जारी गर्दै राष्ट्रिय युवा पत्रकारिता पुरस्कार २०७६ बाट पुरस्कृत हुने पत्रकारहरुको सूची सार्वजनिक गरेको हो ।  

जनही ५० हजार रुपैयाँ राशीको पुरस्कार पाउनेहरूमा अधिकारीसहित सीआईनका गीता चिमोरिया, अन्नपूर्ण पोष्ट दैनिकका गंगा खड्का, एसडिजी स्टुडियोका निरज न्यौपाने, रेडियो नेपालका रत्नाकुमारी चौधरी र हिमाल मिडियाका शुष्मा बराईली रहेका छन् ।  

युवा पत्रकारिता पुरस्कार कार्यविधि २०७५ अनुरुप गरिएको मूल्याङ्कनबाट छनौट भई गएका नामावलीलाई मन्त्रालयको २०७७ साल जेठ १३ गतेको निर्णयले अनुमोदन गरी अनुसार पुरस्कृत हुने पत्रकारको नाम सार्वजनिक गरिएको मन्त्रालयले सूचनामार्फत जानकारी दिएको छ । बिद्यमान असहज परिस्थितिका कारण पुरस्कृत हुने पत्रकारले पाउने पुरस्कार राशी पुरस्कृत पत्रकारको बैंक खातामा जम्मा गरिने र परिस्थिति सहज भएपछि प्रमाण पत्र वितरण गरिने मन्त्रालयले सूचनामार्फत भनेको छ । पुरस्कारका लागि मन्त्रालयले २०७६ साल असोज २८ गते दोस्रो आबेदन आह्वान गरेको थियो । 

प्रकाशित: १४ जेष्ठ २०७७ ०८:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App