coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

सूचनाको हक राष्ट्रिय महासंघको सुदूरपश्चिम अध्यक्षमा नागरिककर्मी जोशी

सूचनाको हकका लागि राष्ट्रिय महासंघको सुदूरपश्चिम प्रदेश अध्यक्षमा नागरिककर्मी पुष्पराज जोशी चयन भएका छन्।

नागरिककर्मी श्रेष्ठलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार

टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट नागरिककर्मी सन्देश श्रेष्ठ पुरस्कृत भएका छन्। टंकादेवी कोईराला र तुलसीप्रसाद कोईरालाको स्मृत्तिमा उनको परिवारद्वारा स्थापित तथा नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा सञ्चालित श्रेष्ठ सम्मातिन भएका हुन् ।

नागरिककर्मी पौडेल जनसेवा श्री पदकबाट सम्मानित

पत्रकारिताको माध्यमबाट राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै नागरिककर्मी दिलीप पौडेल जनसेवा श्री पदकबाट सम्मानित भएका छन्।

नागरिककर्मी राईको दोस्रो गीत सार्वजनिक

राईको शब्दमा ओमप्रकाश राईले संगीत भरेका छन्। ६ मिनेटको गीतको अडियो ओसन म्यूजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। ‘सञ्चो छ कि रोदन’मा स्वर दिएकी मनमा बी खोटाङकै नवउदीयमान गायिका हुन्।

नागरिककर्मी नीलः पुरस्कृत

महानगर दिवसमा पुरस्कृतहरूलाई बधाई दिने क्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्थानीय तहमा आफूहरू निर्वाचित भएर आइसकेपछि काठमाडौंको सांस्कृतिक पहिचान कायम हुने गरी धेरै काम गरेको जानकारी दिए।

नागरिककर्मी खड्कासहित चारजना पुरस्कृत

अधिकारी दम्पतीद्वारा आफ्ना पिता तारानिधि र माता धनमाया अधिकारीको नाममा स्थापित प्रतिष्ठानद्वारा नागरिककर्मी अमर खड्कासहित चारजना पुरस्कृत भएका हुन्। सो प्रतिष्ठानको अक्षयकोषबाट वर्षेनि भाषा, कला, साहित्य, समाजसेवा र पत्रकारितामा सक्रिय व्यक्तिलाई पुरस्कृत गर्ने गरिएको छ।

नागरिककर्मी सम्मानित

नागरिककर्मी सञ्जय थापा र वरिष्ठ पत्रकार अजय राणा मंगलबार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा सम्मानित भएका छन्। नक्सालस्थित होटल क्राउन प्लाजामा आफ्नो १६औं साधारणसभाको अवसरमा मञ्चले अग्रज पत्रकारमा अजय राणा र अनुजमा नागरिककर्मी सञ्जय थापालाई सम्मान गरेको हो।

नागरिककर्मी किसी सम्मानित

शुक्रबार नेवाः पत्रकार राष्ट्रिय दबूको आठौं वार्षिक साधारणसभामा उनलाई वाग्मती प्रदेशका सांसद राजेश शाक्य र मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले संयुक्त रूपमा नगद १५ हजार रूपैयाँसहित सिल्ड तथा प्रमाणपत्र प्रदान गरी सम्मानित गरेका हुन्।

नागरिककर्मी किसी सम्मानित

नागरिककर्मी कृष्ण किसी ज्ञानदेवी मणिरत्न स्मृति पत्रकारिता पुरस्कारबाट शुक्रबार सम्मानित भएका छन्। नेवाः पत्रकार राष्ट्रिय दबूको आठौ वार्षिक साधारणसभामा उनलाई वागमती प्रदेशका सांसद राजेश शाक्य र मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले संयुक्त रुपमा नगद रु १५ हजारसहित शिल्ड तथा प्रमाणपत्र प्रदान गरी सम्मानित गरिएको हो। कार्यक्रममा अन्य दुई जना पत्रकार र एउटा सञ्चारगृहलाई पनि सम्मान गरिएको छ।

खेल पत्रकारिताबाट नागरिककर्मी पुरस्कृत

नागरिककर्मी अनिल मल्ल ठकुरी खेलकुद मन्त्रालयले प्रदान गरेको खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार–२०७७ बाट आइतबार पुरस्कृत भएका छन्।

गृह सचिवद्वारा नागरिककर्मी सम्मानित

कार्यक्रममा नागरिककर्मी मदन ठाकुरका साथै विभिन्न सञ्चारकर्मीलाई पनि सम्मानित गर्नुका साथै विभिन्न संघसंस्थालाई पनि सम्मानित गरिएको थियो ।

नागरिककर्मी पौडेललाई उद्योग वाणिज्य महासंघको सम्मान

पत्रकारिताको माध्यमबाट अर्थतन्त्रको विकासमा पुर्‍याएको योगदानको कदर गर्दै नेपाल उद्योग वाणिज्य महासंघले नागरिक दैनिकका वरिष्ठ संवाददाता दिलीप पौडेललाई सम्मान गरेको छ।

नागरिककर्मीको पुरस्कार राशी राष्ट्रिय आविस्कार केन्द्रलाई

खोटाङका पत्रकार दमन राईले पुरस्कार वापत पाएको रकम महाबीर पुन नेतृत्वको राष्ट्रिय आविस्कार केन्द्रलाई प्रदान गरेका छन् । ‘११ औं केपीलासगढी बाक्सिला रनिङ गोल्डकप’ समापनको अवसरमा बाक्सिला फुटबल क्लवले प्रदान गरेको पाँच हजार ११ रुपैयाँ राशीको खेलकुद पत्रकारिता पुरस्कार वापतको रकम राष्ट्रिय आविस्कार केन्द्रलाई प्रदान गरेका हुन् ।

नागरिककर्मी बाँस्कोटा पुरस्कृत

नागरिक दैनिकका पाँचथर संवाददाता गिरिराज बाँस्कोटा पुरस्कृत भएका छन्। फिदिम नगरपालीकाको सातौँ नगरसभाको अवसरमा बाँस्कोटालाई ‘फिदिम नगर विकास पत्रकारिता’ पुरस्कारबाट पुरस्कृत गरीएको हो । नगरपालीका क्षेत्रको विकासलाई पत्रकारिता मार्फत योगदान गरेको भन्दै पुरस्कृत गरीएको छ ।

नागरिककर्मी देवकोटालाई ज्यान मार्ने धम्की

समाचारको विषयलाई लिएर डोल्पास्थित नागरिककर्मी विष्णुप्रसाद देवकोटालाई ज्यान मार्ने धम्की आएको छ । कामै नभएको सडकको रकम निकासा गरेर अनियमितता भएको समाचार प्रकाशित भएपछि कार्की निर्माण सेवाका सञ्चालक दुधसिं कार्कीले नागरिककर्मीलाई ज्यान मार्ने धम्की दिएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्